६ वर्षको बच्चाले जित्यो क्यान्सरसँगको लडाई



Download our app to get more features

ब्लड क्यान्सरसँगको लडाई जितेर ६ वर्षको तल्हा करिब ७ महिना पहिले अहिलेको अवस्थामा थिएनन् । हजुर, भारतको मुरादाबादमा बस्ने तल्हाका बुबा राशिद र हजुरआमा हसीना आफ्नो बच्चो घाँटीमाथि रहेको गाँठोले चिन्तामा थिए । गाँठोको चिन्ताले उनीहरु धेरै सहरका अस्पतालहरु भौतारिएका थिए र धेरै गलत उपचारको सिकार पनि भए । 

आज सामान्य देखिने तल्हा केहि महिना पहिले धेरै सिकिस्त थिए र उनको बाच्ने आशा नै थिएन कसैलाई । सम्पूर्ण शरीरमा निलो दाग र गाँठो बनिसकेको थियो । लाखौँ पैसा खर्चेर पनि जब केहि सफलता पाइएन र तल्हाको रोगमा कुनै सुधार आएन त्यसपछि घरका सबैले उनी बाच्छन् भन्ने आशा छोडिसकेका थिए ।

तर, एक दिन तल्हा निकै बिरामी भए र उनको उपचार सुरु भयो र उनलाई दिल्ली लगियो । तल्हाको उपचार दिल्लीस्थित अपोलो अस्पतालमा हुँदै थियो । तल्हाको उपचारमा संलग्न डाक्टर मानस कालराका अनुसार जब तल्हा अस्पतालमा भर्ना भए त्यतिबेला उनी बाच्ने २ महिना मात्र समय थियो । तर, भगवानको कृपा र डाक्टरहरुको राम्रो उपचारले तल्हाको सबै उपचार सफल भयो ।

आज तल्हा एक सामान्य बच्चाहरु सरह बाचिरहेका छन् । तर, अझै कम्तिमा ५ वर्ष सम्म उनको उपचार चलिरहन्छ । डक्टरहरुका अनुसार करीब ७० देखि ८० प्रतिशत बच्चाहरु यो रोगबाट पूर्णरुपले निको हुने गरेका छन् ।


(भारतीय समाचार एजेन्सी)

Last modified on 2017-07-04 14:44:33

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts