अप्रत्यक्ष धूमपानले दिमागी बिरामी हुने खतरा 

What's This?


Download our app to get more features

एजेन्सी । हाम्रो मस्तिष्कले गर्ने बौद्धिक कार्य र अप्रत्यक्ष धूमपानबीच आपसी सम्बन्ध रहने अध्ययनकर्ताहरुले पत्ता लगाएका छन् ।

 जसबाट मस्तिष्कको सोच्ने क्षमतामा ह्रास आउने गर्दछ । यस्तो समस्या जति बढि मात्रामा अप्रत्यक्ष धुमपानको सम्पर्क रह्यो उतिनै बढी खतरा बढ्ने उक्त अध्ययनमा उल्लेख छ ।

एजेन्सी । बेलायतको एग्जिटरस्थित पेनिनसुला मेडिकल कलेजका अनसन्धानकर्ताहरुले गरेको अध्ययनलाई ब्रिटिस मेडिकल जर्नलले प्रकाशित गरेको छ । 

अध्ययन अनुसार धुमपान गर्ने ५० वर्षमुनिका ४ हजार ८ सय व्यक्तिको थुकको नमूना संकलन गरी प्रयोगशालामा कोटिनाइन परीक्षण गरिएको थियो । कोटिनाइन चुरोटमा पाइने निकोटिनभित्र पाइने एकप्रकारको तत्व हो, जुन चुरोट पिएको ५ घण्टासम्म थुकमा रहन्छ ।

 अध्ययनमा संलग्न डा.केके अग्रवालका अनुसार संसारभर करिब ५ करोड मानिसमा छिट्टै बिर्सने, याद हराउने अर्थात विभिनन दिमागी रोग डिमेन्सियाबाट पीडित छन् । उनका अनुसार यो संख्या आउँदो वर्ष दोब्बर हुने अनुमान गरिएको छ ।

 धुमपानको कारण मुटु तथा मधुमेह लगायत स्ट्रोकको खतरा रहन्छ त्यस्को दोब्बर डिमेन्सियाको खतरा हुने अध्ययनको निष्कर्श रहेको छ ।

अध्ययन अनुसार मस्तिष्कमा उपलब्ध हुने एक्सिअक्सीडेण्टलाई चुरोटको धुवाँ र त्यसमा पाइने कोटिनाइनले हानी गर्दछ । जसबाट डिमेन्सिया हुने गर्दछ । यो रोग लाग्ने संभावना जति प्रत्यक्ष चुरोट पिउनेलाई हुन्छ त्यति नै अप्रत्यक्ष चुरोट सेवन गर्नेलाई पनि हुन्छ ।

डिमेन्सिया अर्थात बौद्धिक क्षमतामा ह्रास आउने रोगको मूख्यकारण नै चुरोट सेवन हो । 
 

Last modified on 2017-07-04 14:49:15

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

1 Comments

  1. smoking is ingurios to health. stop smoking...


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts