बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यथाशीघ्र उपकुलपति नियुक्ति गर्न माग

What's This?


Download our app to get more features

इटहरी, ६ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद हुँदा दैनिक प्रशासन र प्रतिष्ठानको विकास निर्माण लगायतका विषयमा कठिनाई उत्पन्न भएको भन्दै चाँडोभन्दा चाँडो पदपूर्ति गर्न प्रतिष्ठानको कर्मचारी कल्याणकारी कोषले सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिष्ठानको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ्गले प्रेस विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री एवम प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल प्रचण्ड सहकुलपति एवम स्वास्थ्यमन्त्री गगनकुमार थापा प्रतिष्ठानका शिक्षाध्याक्ष रजिष्टार र अस्पताल प्रमुख समेतको ध्यानाकर्षण गराईएको छ ।

पुष २० गते नै तत्कालिन उपकुलपति प्रोफेसर डा बलभद्रप्रसाद दासको उपकुलपति पदको म्याद समाप्त भएको थियो । तर पद रिक्त भएको एकमहिना हुनलाग्दा पनि पदाधिकारी नियुक्ति नहुँदा प्रतिष्ठान सञ्चालनमा समस्या उत्पन्न भएको छ ।

स्वास्थ्य र चिकित्सा विज्ञानको विषयमा अध्यापन हुने प्रतिष्ठानमा जिम्मेवार पदाधिकारीको नियुक्तीमा देखिएको ढिलाईले नकारात्मक सन्देश प्रवाह गरिरहेको मञ्चको ठहर छ ।

Last modified on 2017-07-04 14:51:15

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts