अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

What's This?


Download our app to get more features

वासिङटन, ५ माघ । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस अस्पताल भर्ना भएका छन् ।  
९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् । 

उनको स्वास्थ्य अवस्था स्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिए । 
उनलाई अहिले अस्पताल भर्ना गर्नुको कारणका बारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटकपटक भर्ना गरिएको थियो । 
जीवित चार जना पूर्वराष्ट्रपतिमध्ये उनी सबैभन्दा बढी उमेरको हुुनुहुन्छ । उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनका छोरा जर्ज डब्लु बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेबारी समालिसकेका छन् ।

-रासस/एएफपी 

Last modified on 2017-07-04 14:55:22

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts