मिर्गौला रोगीद्वारा सहयोगको याचना
खोटाङ, ४ माघ । दुवै मिर्गौला काम नलाग्ने भएपछि यहाँका एक पीडितले उपचारका लागि सहयोगको याचना गरेका छन् ।
पाँच महिनादेखि औषधिका भरमा बाँचेका दिक्तेल नगरपालिका– ८ का ४४ वर्षीय टङ्कराज राईले आफ्ना दुवै मिर्गौलाले काम नदिने थाहा पाएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन् ।
उनलाई सहयोग गर्न चाहनेले मोबाइल नं ९८२५७९१५१३ र ९८२३५५५२५३ मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको स्थानीयवासी एलिना राईले बताए ।
- रासस
Last modified on 2017-07-04 15:02:04
Reporter
View Other Stories by Author >>