एचआइभी सङ्क्रमित तीन सयभन्दा बढी
पाल्पा, २ माघ । पाल्पा जिल्लामा एचआइभीबाट सङ्क्रमितको सङ्ख्या तीन सय पाँच पुगेको छ ।
जिल्लामा हालसम्म एक सय ६२ महिला र १ सय ४३ पुरुष एचआइभी सङ्क्रमित रहेको बताइएको छ । सङ्क्रमित मध्ये ८० पुरुष १ सय २ महिलाले नियमित रुपमा एआरटी औषधि सेवन गरिरहेको सक्रिय सेवा समाजले जनाएको छ । एचआइभी सङ्क्रमितको अवस्था, सहयोग र हेरचाहलगायतमा सरकार तथा गैरसरकारी संस्थाले सहयोग गर्दै आए पनि सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन ।
समाजका टिम लिडर लीलाराज भट्टराईले जिल्लाका दुई गाविस कसेनी र गोठादीमा नमुना कार्यक्रम सञ्चालन गरेर सङ्क्रमितलाई सहयोग र परामर्श दिइएको बताए ।
नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले एचआइभी सङ्क्रमितलाई सहयोग र तिनको पुनःस्थापना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।
प्रतिबद्ध सहयोग समाजका कार्यक्रम सयोजक लक्ष्मी कुँवरले अझै पनि सङ्क्रमित खुल्न नसकेको उदाहरण दिँदै सङ्क्रमितप्रति समाजमा हेय भावले हेरिने गरेको गुनासो गरे ।
सरकारी तथा गैरसरकारी संस्था बजेट हुँदा आफूहरुलाई गाउँमा खोज्दै जाने र परियोजना सकिएपछि कुराकानी गर्न समेत नमानेको सङ्क्रमितको गुनासो छ ।
-रासस
Reporter
View Other Stories by Author >>