प्याजको चियाले हुन्छ अनेक फाइदा...



Download our app to get more features

चिया पिउनाले रुघाखोकी जस्ता रोगहरु निको हुन्छ भन्ने हामी सबैले सुन्ने गरेका छौँ । तर, के तपाईलाई थाहा छ ? प्याजले बनेको चिया पिउनाले धेरै रोगहरुबाट बच्न सकिन्छ । हजुर तपार्इंले सहि सुन्नुभयो, प्याजको चिया पिउनु हाम्रो स्वास्थ्यका लागि धेरै नै फाइदाजनक हुन्छ र यसको स्वाद पनि राम्रो हुन्छ । 

जानौँ प्याजको चिया पिउनुको फाइदा र बनाउने तरिका ...
के भन्छ अध्ययनले ?
यूरोपीय क्लिनिकल न्यूट्रीशनको जर्नलका अध्ययनकर्ताहरुका अनुसार प्याजमा क्वायरसेटिन नामको तत्व पाइन्छ, जसले रगतमा एन्टीआक्सीडेन्टको गतिविधिलाई बढाउँछ । त्यसबाहेक प्याजको चियामा भिटामिन सी पनि पाइन्छ जसले रुघाखोकी लाग्ने लक्षणलाई सुरु हुने क्रममै रोक्ने काम गर्छ । प्याजमा पाइने क्वायरसेटिन नामको पिग्मेन्टले ब्लड क्लट  बन्नबाट रोक्छ जसले हाइपरटेन्शन (चाँडै रिसाउने) को खतरा कम हुन्छ ।

रिसर्चका अनुसार 
एक अध्ययनका अनुसार प्याजमा ग्लूकोज प्रतिक्रियालाई सक्रिय बनाई इन्सुलिन रेजिटेन्टलाई बढाएर टाइप–२ डायबिटीजमा राहत दिलाउनमा मद्दत गर्छ । प्याजको चियाले फ्री रेडिकल्सलाई नष्ट गर्नमा पनि मद्दत गर्छ ।

क्यान्सरको लागि फाइदाजनक
हालै गरिएको अध्ययनमा पाइयो कि,प्याजको चियाले क्यान्सरको कोषहरु बढ्नबाट रोक्छ र यसले कोलोन क्यान्सरलाई पनि ठिक गर्न सहयोग गर्छ । प्याजमा घुलनशील फाइबर हुन्छन् जसले कोलोनलाई सफा गर्नमा मद्दत गर्छ । प्याजमा भएको घुलनशील फाइबरले छाला र आन्द्राबाट टक्सिनलाई बाहिर निकालेर क्यान्सर कोषलाई बन्न दिदैँन ।

यसरी बन्छ प्याजको चिया 
सबैभन्दा पहिले एउटा प्याजलाइ पखालेर काट्ने र पानी उमालेर त्यसमा काटेको प्याज राख्ने । पानी राम्ररी उम्लि सक्छ त्यसमा कागती र ग्रीन टी मिसाउने । केहिबेर अझ उमाल्ने र कपमा छान्ने । आपूmलाई चाहिए अनुसारको मह मिसाई प्याजको चिया पिउने ।

एजेन्सीबाट
 

Last modified on 2017-07-04 15:12:09

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts