एलो फिभरका बिरामीको मृत्युपछि सङ्कटकाल घोषणा

What's This?


Download our app to get more features

रियो दिजेनेरियो (ब्राजिल), १ माघ । ब्राजिलको मिनस जेराइस राज्यमा ‘एलो फिभर’बाट ३८ जनाभन्दा बढी मानिसको मृत्यु भएको र थप बीस नमूनामा पनि रोगको सङ्क्रमण भेटिएपछि उक्त क्षेत्रमा स्वास्थ्य सङ्कटकालको घोषणा गरी स्थानीय जनतालाई रोगप्रति सचेत रहनु र शंकास्पद बिरामी भेटिएमा तत्काल उपचार सेवा लिन आग्रह गरिएको छ । 

शुक्रबार अपरान्ह्वासम्म उक्त क्षेत्रमा १३३ शङ्कास्पद बिरामी भेटिएका बताइएको छ । प्रान्तिय गभर्नर फर्नान्डो पिभेन्टले राज्यका तीन क्षेत्रमा अवस्थित १ सय ५२ शहरमा स्वास्थ्य क्षेत्रमा सङ्कटकालको घोषणा गरिएको बताए । 

अहिलेसम्म गाउँबाट प्राप्त नमूनामा मात्र एलो फिभरको प्रभाव देखिएको बताइएको छ ।

रासस/सिन्ह्वा 

Last modified on 2017-07-04 15:12:50

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts