बाँकेको जिल्ला जनस्वास्थ्य कार्यालयमै औषधिको अभाव, हेल्थपोष्टको हालत पनि उस्तै (भिडियो सहित)
नेपालगञ्ज, २९ पुस । स्वास्थ्य सेवा विभागले समयमै औषधि उपलब्ध नगराउँदा बाँके जिल्लाका स्वास्थ्य चौकीहरुमा अत्यावश्यक औषधीको अभाब भएको छ ।
जनस्वास्थ्य कार्यालय मै औषधिको अभाव भएका कारण जिल्लाका दुर्गम क्षेत्रमा रहेका हेल्थ पोष्टहरुबाट माग भए अनुसारको औषधि पुर्याउन गाह्रो भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
भारतको नाकाबन्दी र मधेश आन्दोलन कै समयदेखि सुरु भएको औषधि अभावको अवस्थामा अझै पनि सुधार हुन सकेको छैन ।
सरकारले निःशुल्क उपलब्ध गराउने औषधि मध्ये ७० प्रतिशत स्वास्थ्य सेवा विभागले, १० प्रतिशत क्षेत्रीय स्वाास्थ्य निर्देशनालयले र २० प्रतिशत जिल्ला जनस्वास्थ्यले खरिद गर्ने व्यवस्था छ ।
स्वास्थ्य सेवा विभागले उपलब्ध गराउने औषधिहरु समय मै उपलब्ध नहुँदा औषधिको अभाव भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयहरुले आफै अत्यावश्यक औषधी किनेर स्वास्थ्य चौकी उपलब्ध गराए पनि माग अनुसारको औषधि पुर्याउन सकिरहेको छैन । पुस मसान्त सम्म औषधिको अभावलाई सहज हुने जनस्वास्थ्य कार्यालयले जनाएपछि अझै उपलब्ध हुन सकेको छैन ।
औषधिको अभाव हुन नदिन जनस्वास्थ्य कार्यालय बाँकेले हेल्थ पोष्टहरुलाई आफ्नो कोषबाट १० देखि १५ हजार सम्मको औषधि किनेर काम चलाउन निर्देशन दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाकेका प्रमुख खिमबहादुर खड्काले जानकारी दिए ।
बिरामीको चाप बढी हुने स्वास्थ्य चौकीहरुले लामो समयदेखि औषधि अभावको सामना गर्दै आएका छन ।
अत्यावश्यक औषधिको अभाव भएको समाचार हाम्रो डक्टरमा प्रकाशित भएपछि जिल्ला जनस्वास्थ्यको टोलीले बाँकेको बिनौना हेल्थ पोष्टमा सिटामोल, जिङ चक्की र जीवन जल जस्ता औषधिहरु पुर्याएको छ ।
बाँकेमा ३ प्राथमिक स्वास्थ्य केन्द्र र ४४ स्वास्थ्य चौकी छन् ।
भिडियो हेर्नुस्
Reporter
View Other Stories by Author >>