टेण्डर नै नगरी रोल्पा जिल्ला अस्पतालमा किनियो लाखौंको मेशिन, किनेको तीनवर्ष हुँदापनि चलेन 

What's This?


Download our app to get more features

रोल्पा, २९ पुस । रोल्पा जिल्ला अस्पतालमा तीनवर्ष अघि  किनेर ल्याएको लाखौं पर्ने दुईवटा मेशिन अझैसम्म सञ्चालनमा नआएको खुलेको छ ।

बोलपत्र नै आह्वान नगरी आर्थिक वर्ष ०७१–०७२ मा रोल्पा जिल्ला अस्पतालमा खरिद भएका डेण्टल मेसिन र इलेक्ट्रोलाइट एनलाइजर मेसिन अझै चल्न नसकेको हो । मेशिनहरु नेपालगञ्जस्थित कमला इन्टरप्राइजेजबाट मेसिन खरिद भएको थियो ।

-फाईल तस्वीर

तत्कालिन कार्यालय प्रमुख डा.उमाशंकर प्रसाद चौधरी र लेखा अधिकृत महेन्द्र पुरी हुँदा अस्पताल शुद्धिकरण समितिको निर्णय अनुसार मेसिन खरीद भएको हो । अस्पतालका एक कर्मचारीले (नाम नबताउने सर्तमा) अनुसार अस्पतालले बोलपत्र आह्वान नगरी मेसिन खरीद गर्नुपूर्वनै कमला इण्टरप्राइजेजलाई रकम भुक्तानी गरेको थियो ।

तर, डेण्टल मेशिनमा सौर्य प्रणाली, एयर कम्प्रेसर लगायत मेशिनमा महत्वपुर्ण सामान अझैसम्म पनि कमला इण्टरप्राइजेजले दिनसकेको छैन् । कमला इण्टरप्राइजेले नै मेशिनको सम्पुर्ण फिटिङ गर्नुपर्ने भएपनि अझैसम्म नहुँदा मेशिन थन्किएको हो । अस्पतालका प्रमुख डा. भवानी प्रसाद शर्माले पुरै मेसिन फिटिङ नभैसकेकाले सञ्चालनमा आउन नसकेको बताए ।

किन्नेहरुको सुरुवा भयो, नयाँलाई टेरेन ।

अस्पतालका अनुसार मेशिन खरिद प्रक्रियामा संलग्न डा.उमाशंकर प्रसाद चौधरी र लेखा अधिकृत महेन्द्र पुरी दुबैको सरुवा भैसकेको छ ।

मेशिन सञ्चालनमा ल्याउन तीन पटकसम्म कमला इण्टरप्राइजेजलाई बारम्बार ताकेता गर्दा पनि  रोल्पा अस्पताललाई कमला इण्टरप्राइजेजले  टेरेन । 

जिल्ला अस्पताल प्रमुख डा. भवानी प्रसाद शर्माले आफु अस्पताल आएको  ५ महिना मात्र भएको र मेशिन सञ्चालनमा ल्याउन तीन पटकसम्म कमला इण्टरप्राइजेजलाई बारम्बार ताकेता गरेको भन्दै बचाऊ गरे । तीन  पटकसम्म मेशिन फिट गर्न आएपनि दक्ष ईन्जिनियर नपठाएकोले सञ्चालन गर्न नसकिएको शर्माले बताए । उनले रोल्पा अस्पताललाई कमला इण्टरप्राइजेजले नटेरेको बताए ।

त्यस्तै अर्को मेशिन इलेक्ट्रोलाइट एनलाइजर को पनि  महत्वपुर्ण सामान कमला इण्टरप्राइजेजले दिन नसकेकोले सञ्चालन हुन सकेको छैन् । दुईवटा मेशिन मध्ये इलेक्ट्रोलाइट एनलाइजर मेसिन अति महत्वपुर्ण भएकोले अस्पताल आफैले काठमाण्डौं ल्याएर फिट गराउने योजना बनाएको प्रमुख शर्माले बताए ।

हतार–हतारमा असार मसान्तमा किनियो 
२ वर्ष अगाडी अस्पताल शुद्धिकरण समितिमार्फत निर्णय भई दुईवटा मेशिन खरीद भएको हो । आर्थिक वर्ष अन्त्यमा हतारहतार असार मसान्तमा खरीद भएकोले बोलपत्र आव्हान गर्न नसकेको हुन सक्ने प्रमुख डा शर्माले बताए । अस्पताल शुद्धिकरण समितिमा जिशिअ प्रमुख सहित अस्पतालका  कर्मचारी्हरु संलग्न छन् । शुद्धिकरण समितिको अध्यक्षमा अस्पताल विकास समितिका अध्यष रहने व्यवस्था छ । त्यस्तै प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी लगायत अस्पतालका कर्मचारी संलग्न छन् ।

२ वर्ष अगाडी अस्पताल शुद्धिकरण समितिमार्फत निर्णय भई दुईवटा मेशिन खरीद भएको हो । आर्थिक वर्ष अन्त्यमा हतारहतार असार मसान्तमा खरीद भएकोले बोलपत्र आव्हान गर्न नसकेको हुन  सकेन  । -डा भवानी प्रसाद शर्मा,स्पताल प्रमुख

रोल्पा जिल्ला अस्पताल प्रमुख डा भवानी प्रसाद शर्माका अनुसार असार मसान्तमा दुईवटा मेशिन खरीद भएको हो ।

Last modified on 2017-07-04 15:22:01

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts