‘मास हिस्टेरिया’ विरुद्द तीन दिने अभियान सम्पन्न
काठमाण्डौं, २९ पुस । न्यूरो साइन्स सोसाइटी नेपाल, काठमाडौँ सेन्टर फर जेनोमिक्स रिसर्च ल्याबोरेटोरी र अन्तरास्ट्रिय मस्तिष्क अनुसन्धान संस्था (IBRO) को संयुक्त आयोजनामा मंगलवार, बुधवार र बिहीवार तीन दिने धदिङ्ग जिल्लाका दुईवटा बिद्यालयमा ‘मासहिस्टेरिया’ सम्बन्धि निशुल्क जागरण तथा परामर्श अभियान सम्पन्न भएको छ ।
अभियान पृथ्वी राजमार्ग छेउमै रहेको कुम्पुर गा. वि. स. अन्तर्गत महाकाली माध्यमिक बिद्यालय र सलांग गाविस. अन्तर्गत विकट क्षेत्रमा अवस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा गरिएको थियो ।
महाकाली माध्यमिक बिद्यालयमा करिब ६ महिनाप हिले मासहिस्टेरियाको समस्या देखिँदा केहि समय बिद्यालय नै बन्द गर्नु पर्ने अवस्था आएको थियो ।
मास हिस्टेरिया अत्याधिक तनावका कारण सिर्जना हुने समस्या भएको र तनाव न्यूनीकरणमा संगीतको पनि भूमिका अभियान रहेको तथ्य मध्य नजर गरि यस अभियानमा नेपालका पप संगीतका अग्रिणी गायक नबिनके भट्टराईको समेत सामाजिक सेवा प्रेरित निशुल्क सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
अभियानमा आवद्ध सबैलाइ विद्यार्थी, अभिभावक तथा शिक्षकशिक्षिकाले फूलमाला तथा अबिरले स्वागत गरेका थिए ।
कार्यक्रममा न्यूरोसाइन्स सोसाइटीका सभापति डा सुनिल ढुंगेलले यस प्रकारको कार्यक्रमको औचित्य बारे प्रकास पारेका थिए भने उपसभापति डा. अजयजंग कुँवरले मानव मष्तिस्कको संरचना र क्रियाबारे जानकारी प्रस्तुत गरेका थिए ।
विद्यालयमा सहभागीहरुलाई नाटकमार्फत हिस्टेरिया सम्बन्धि जानकारी प्रस्तुत गर्ने क्रममा डा. बरुण महत, प्रकाश लिम्बु, सन्दिप थापा लगायतका सदस्यहरुले बिद्यार्थीहरुसँगै विभिन्न चरित्र मन्चन गरेका थिए । साथै डा. सबिन थपलिया र जनक अवस्थीले मासहिस्टेरिया सम्बन्धि भ्रम र यथार्थ, समस्याका कारण, यसका तत्कालिन तथा दिर्घकालिन उपचार र समस्या निवारणमा सामाजिक दायित्व सम्बन्धि जानकारी प्रस्तुत गरेका थिए । यस क्रममा सहभागीहरुलाई जानकारी मुलक ब्रोसर, कापी, कलम समेत दिइएको थियो ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>