स्वास्थ्य चौकीको भवन निर्माण सुरु
रामपुर (पाल्पा), २९ पुस । साँखर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य सुरु भएको छ ।
नेपाल सरकारको रु एक करोड ५३ लाख ५० हजार पाँचसय ९४.९३ पैसाको लागतमा नयाँ स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको हो । सो भवन निर्माणका लागि श्री थेगिम मनो जेभी कम्पनीले २०७३ साल असोज २३ मा ठेक्का सम्झौता गरी १८ महिनामा सम्पन्न गर्ने गरी जिम्मा लिएको कम्पनीका ठेकेदार प्रेम पहारीले बताए ।
दुईतले १२ कोठासहितको भवन निर्माण भएपछि यहाँ स्वास्थ्य चौकीले प्रदान गर्ने सेवा, सुरक्षित गर्भपतन सेवा, मातृ शिशु लगायतका विभिन्न सेवा प्रवाह हुनेछ । स्वास्थ्य चौकी निर्माण भएपछि साँखर र गजरकोटका करिब दश हजार स्थानीयवासी लाभान्वित हुने स्थानियवासी देवराज भट्टराईले बताए ।
भौतिक संरचना बलियो नहँुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आएपछि रामपुरका स्थानीयवासी, राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीविको पहलमा नयाँ पक्की भवन निर्माण हुन लागेको उनले बताए । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>