ब्रेकफास्टमा कर्न–फ्लेक्स खानाले हुन्छ क्यान्सर !
बिहानको खाजामा प्रायः जसो मानिसले पाउरोटी, कर्न–फ्लेक्स र पाउरोटी–अमलेट खान रुचाउँछन् । तर, तपाईँलाई थाहा नहुन सक्छ, तपाईँको यो बानीले क्यान्सर जस्तो खतरनाक रोगलाई निमन्त्रणा दिईरहेको छ ।
सेतो पाउरोटी, कर्न–फ्लेक्स र तेलमा तारेको खाजा खानाले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यस बाहेक ग्लाइसेमिक इन्डेक्समा सहभागि भएका भोजन पनि खानाले क्यान्सरको खतरा बढेर जान्छ ।
ग्लाइसेमिक सूचकाकं र ग्लाइसेमिक इन्डेक्स एक प्रकारको संख्या हो, जो एक विशेष प्रकारको भोजन सँग सम्बन्धीत हुन्छ । यसले व्यक्तिको रगतमा भएको ग्लूकोजको मात्रामा भोजनको प्रभावलाई देखाउँछ ।
अध्ययनकर्ताहरुले यसका लागि फोक्सोको समस्या भएका १ हजार ९ सय ५ जना बिरामीहरु र २ हजार ४ सय २३ जना स्वस्थ मानिसमाथि पनि सर्वेक्षण गरे । अध्ययनका क्रममा सबैले आफ्नो पछिल्लो भोजन र स्वास्थ्यको बारेमा जानकारी दिएका थिए ।
अमेरिकाको यूनिभर्सिटी अफ टेक्सासका जिफेंग वू का अनुसार, अध्ययनका क्रममा प्रतिदिन जीआई युक्त भोजन खाने भन्दा जीआई भोजन नखानेहरुको तुलनामा ४९ प्रतिशत बढी जोखिम पाइयो ।
अध्ययनकर्ताहरुका अनुसार सुर्ती र धूम्रपान सेवन नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर भएको पाइयो । यसले थाहा हुन्छ कि भोजन पनि क्यान्सर रोगका लागि उत्तरदायी हुन सक्छ । यो अध्ययन “क्यान्सर इपिडेमियोलोजी बायोमार्कर्स एन्ड प्रिवेन्शन” मा प्रकाशित गरिएको छ ।
(एजेन्सीको सहयोगमा)
2 Comments
-
Maile ta dhanni cigarette chodeko cancer hunch vanne sunera.Aba ma dhukka paye kinaki ma breakfast nah khanna.
-
Yo Dr govinda kc lai ni tha rainaxa uha le ni breakfast ma jam bread matra linuhunxa re....
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>