वायुप्रदुषणका कारण उपत्यकामा मुटु र फोक्सोका बिरामी बढे 



Download our app to get more features

काठमाण्डौ, २६ पुस । उपत्यकामा व्याप्त वायुप्रदुषणका कारण मुटु एवं फोक्सोका रोगीको अनुपात ह्वात्तै बढेको अध्ययनकर्ताहरुले बताएका छन् । 

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले आयोजना गरेको ‘उपत्यका भित्र बायु प्रदुषण बारे सरकारी तथा गैर सरकारी संस्थाहरुको भूमिका’ बिषय कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. खेम कार्कीले बायु प्रदुषणका कारण मुटु एवं फोक्सोका बिरामीको संख्या बढीरहेको तथ्यांक प्रस्तुत गरे ।

डा. कार्कीका अनुसार प्रदुषणका कारण मुटुरोगी ७२ प्रतिशत, दमका बिरामी १४ प्रतिशत र फोक्सोको क्यान्सर १४ प्रतिशत बढेको बताए । 

बायु प्रदुषणले दमखोकीका बिरामीको अस्पताल भर्ना हुने दरमा १ दशमलव ३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३ दशमलव ४ प्रतिशत बढेको छ भने श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु हुने दर ३ दशमलव ६ प्रतिशतले बढेको कार्कीको कार्यपत्रमा उल्लेख छ ।  

विश्व स्वास्थ्य संगठनको २०१६ को प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष वायु प्रदुषणको कारण ९ हजार ९ सय ४३ जनाको मृत्यु हुने गरेको छ । 

कार्यक्रममा युएन प्रतिनिधि भूषण तुलाधरले सवारी साधन नै उपत्यकको वायु प्रदुषणको प्रमुख कारक तत्व रहेको बताउदै उपत्यका भित्र २० प्रतिशत सवारी साधनले ५० प्रतिशत प्रदुषण गराइरहेको बताए । काडमाडौंमा वायु प्रदुषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा ५ गुणा बढी रहेको छ ।
 

Last modified on 2017-07-04 16:11:42

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts