बन्ध्याकरण गर्ने महिला बढे



Download our app to get more features

राजविराज, २६ पुस । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । 

जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा आजभोलि स्थायी बन्ध्याकरण गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालको परिवार नियोजन संस्थागत फाँटमा प्रमुख एवम सिनियर अहेब सरिता झाका अनुसार दैनिक ६० देखि ७० जना स्थायी बन्ध्याकरण गराउन महिला आउने क्रम बढेको छ । उनले अस्पतालमा एक दिनमा ४० जनासम्म स्थायी बन्ध्याकरण गर्ने लक्ष्य रहे पनि अहिले आवश्यकताभन्दा बढी बन्ध्याकरण गर्नेको भीड लागेको बताइन् । 

खासगरी तराईका जिल्लामा पुस, माघ र फागुन महिनामा बढी महिलाले बन्ध्याकरण गर्नाले यत्रो ठूलो सङ्ख्या बढेको जनाइएको छ । पुस १ गतेदेखि पुसको तेस्रो सातासम्ममा ४१० जनालाई स्थायी बन्ध्याकरण गरिएको अस्पताल प्रशासनले जनाएको छ । रासस 

Last modified on 2017-07-04 16:17:12

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts