स्वास्थ्य मन्त्रालयले बनाएको नर्सिङ्ग सुधार समितिमा नर्सिङ्ग संघले पायो ‘इन्ट्री’
काठमाण्डौं, २५ पुस । नर्सिङ्ग क्षेत्रको विद्यमान अवस्था सुधारका लागि भन्दै स्वास्थ्य मन्त्रालयले गठन गरेको समितिमा आफ्नो प्रतिनिधि नभएकोमा रुष्ट बनेको नेपाल नर्सिङ्ग संघले नवगठित समितिमा ‘इन्ट्री’ पाएको छ ।
संघ र काउन्सिल दुवैका प्रतिनिधि बिना गठन गरिएको समिति अपूर्ण रहेको समाचार हाम्रो डक्टर डटकमले प्रकाशित गरेसँगै नर्सिङ्ग संघले पत्रकार सम्मेलन गरेर विरोध गरेको थियो । आन्दोलनको चेतावनी दिएलगत्तै स्वास्थ्य मन्त्रालयले हतारहतारमा समितिमा नर्सिङ्ग संघ र काउन्सिल दुवैलाई प्रतिनिधि पठाउन पत्राचार गरेको थियो ।
मन्त्रालयको चिठीपछि संघले आफ्नो प्रतिनिधिको रुपमा पूर्व अध्यक्ष तथा सल्लाहकार सरला केसीलाई समितिमा पठाएको संघकी उपाध्यक्ष अप्सरा पाण्डेले बताइन । समितिमा सरला केसीको साथै पूर्व अध्यक्ष सानु तुलाधरलाई पनि आमन्त्रण गरिएको छ । समितिले नर्सिङ्ग क्षेत्रको विद्यमान अवस्थाको अध्ययन गरी सुधारका लागि सुझाव दिनेछ ।
फाइल तस्बिर
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>