क्षेत्रीलाई दुई लाख सहयोग



Download our app to get more features

म्याग्दी, २५ पुस । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग सङ्कलन अभियानमा पोर्चुगलमा रहेका म्याग्देलीले समेत आर्थिक सहयोग गरेका छन् । 

मोना पोर्चुगल र त्यहाँ रहेका राखुबासी युवाको पहलमा रु एक लाख ९८ हजार ४९४ सहयोग सङ्कलन गरी सीता बचाउ अभियानमा सहयोग गरिएको हो । 

क्षेत्रीको उपचारमा पोर्चुगलमा रहेका म्याग्देलीसँगै त्यहाँ रहेका नेपालका विभिन्न जिल्लाका महानुभावले समेत सहयोग गरेको मोना पोर्चुगलका सहकोषाध्यक्ष रामजी भण्डारीले जानकारी दिए । मोना पोर्चुगलले यसअघि पनि जिल्लामा भएका अन्य दैवी प्रकोप, आर्थिक विपन्नताको कारण उपचार गराउन नसकेकालगायतको सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । 

टिचिङ अस्पताल काठमाडौँमा उपचाररत क्षेत्रीको उपचारार्थ पोर्चुगलबाट उपलब्ध भएको सहयोगले धेरै राहत मिलेको सीता(कृष्णकुमारी) कटुवाल क्षेत्री बचाउ अभियानका संयोजक नन्दबहादुर खत्रीले बताउछन् । क्षेत्रीको उपचारमा करिब रु ७० लाख लाग्ने अस्पतालले जनाएको छ भने अभियानअन्तर्गत हालसम्म रु २८ लाख सङ्कलन भइसकेको छ । 

क्षेत्रीको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताले बेनीस्थित ग्लोबल आइएमइ बैंकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्वय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

रासस/फाइल तस्बिर

Last modified on 2017-07-04 16:28:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts