दाँत माझ्दा गिजाबाट रगत आउन नदिन के गर्ने ?
दाँत माझ्ने समय तपाइँको गिजाबाट रगत आउँने गर्छ भने त्यो समस्यालाई सामान्य रुपमा नलिनुस् । सामान्यतया हामीले यस समस्यालाई सामान्य सम्झेर ध्यान दिदैँनौ तर बेलैमा ध्यान दिएनौँ भने त्यो खतरनाक पनि हुन सक्छ ।
यो समस्या पाइरिया पनि हुन सक्छ । कतिपटक त यस्ता समस्या यति धेरै बढेर जान्छ कि अल्सरको रुप पनि लिन सक्छ । यस्तो अवस्थामा तपाईँले समयमै यसको उपचार गराउनु पर्छ ।
यदि तपाईको यो समस्या सुरु हुने क्रममा छ भने तपाई घरेलु उपायहरु अपनाएर समस्या समाधान गर्न सक्नु हुन्छ ।
१. ल्वाङको तेल
ल्वाङको तेल एक औषधि हो । यसले दाँत र गिजालाई सँधै स्वस्थ राख्छ । यदी दाँत माझ्ने समय वा केहि कडा खानाले तपार्इँको गिजाबाट रगत आउँछ भने ल्वाङको तेल कपासमा लगाएर गिजा र दाँतमा लगाउने । केहि समय सम्म तेल लागेकै छोड्ने । त्यसपछि मनतातो पानीले कुल्ला गर्ने । नियमित यस्तो गर्नाले तपाईको गिजामा रगत आएको र दाँत दुखेको समस्या समाधान हुन्छ । अथवा ल्वाङको एउटा गेडा दाँतले थिचि राख्ने । यसले गिजा सुन्निएको छ भने राहत हुन्छ साथै मुख गन्हाउने समस्या पनि समाधान भएर जान्छ ।
२. सरसिउँको तेलमा नुन मिसाएर मसाज गर्ने
एक चम्मच सरसिउँको तेलमा एक चुटकी नुन मिसाएर दाँत र गिजाको मसाज गर्नु पर्छ । यसले गिजा सुन्निएको छ भने ठिक हुन्छ । यो उपाय पाइरिया भएकाहरुका लागि उत्तम हुन्छ । यदी तपाईँको गिजाबाट रगत आएको छ भने पनि यो उपाय अपनाउन सक्नु हुन्छ ।
३. भिटामिन सी को सेवन
आफ्नो डाइटमा भिटामिन सी को प्रयोग धेरै भन्दा धेरै गर्नुपर्छ । भिटामिन सी ले इन्फेक्शन बढ़्नबाट रोक्छ र अल्सर हुने सम्भावनालाई पनि कम गर्छ । काचो तरकारी खाने र अमिलो फल खानाले पनि दाँत बलियो हुन्छ र गिजा स्वस्थ रहन्छ ।
४. फिटकिरी
फिटकिरीको प्रयोगले तपाईँको गिजाबाट आएको रगत र दाँतमा हुने दुखाईमा फाइदा पुग्छ । फिटकिरीको पानीले कुल्ला गर्नाले तपाईको गिजा र दाँतको समस्या समाधान हुन्छ । फिटकिरीमा रगत रोक्ने क्षमता हुन्छ । त्यस बाहेक यसको एन्टी–व्याक्टेरियल गुणले संक्रमण हुने खतरालाई पनि कम गर्छ ।
५. नुन पानी
नुन पानीले पनि गिजालाई स्वस्थ राख्नमा मद्दत गर्छ । दिनमा एकपटक नुन पानीले कुल्ला गर्नु तपाईको गिजा र दाँतको लागि फाईदाजनक हुन्छ । दाँत दुख्नेमा राहत हुनुका साथै यसले इन्फेक्शनको खतरापनि कम रहन्छ ।
उसो त यि सब घरेलू उपाय हुन् र यसको कुनै साइड–इफेक्ट हुन्न । तर, पनि समस्या उयी धेरै बढेको छ भने एक पटक डाक्टर सँग सल्लाह लिनु राम्रो हुन्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>