खाली खुट्टा हिड्नाले हुन्छ यि समस्यामा राहत



Download our app to get more features

के तपाईलाई याद छ, अन्तिम पटक तपाई खाली खुट्टा कुन बेला हिड्नु भएको थियो ? शायदै याद होला ।

बिहान उठ्नासाथ हामी एउटा मेसिन बन्छौँ र मेसिन जस्तै काम गर्न थाल्छौँ । जूत्ताको डोरी बाध्दै कामको लागि निस्किन्छौ । घर आउँदा आउँदै रात पर्छ र फेरि थाकेर ओछ्यानमा पल्टन्छौँ । तर, के तपाईँलाई थाहा छ खाली खुट्टा हिड्ने बानीले आफ्नो लाइफस्टाइलको दिनचर्या बनाएर तपाई धेरै रोगहरुबाट बच्न सक्नु हुन्छ ।

तपाईले घरमा हजुरआमा–हजुरबुबालाई भनेको सुन्नुभयो होला बिहान खाली खुट्टा घाँसमा हिड्नाले आँखाको रोशनी बढ्छ । तर, बिहान खाली खुट्टा घाँसमा हिड्नाले यो एक मात्र फाइदा हुँदैन । प्रत्येक बिहान खाली खुट्टा घाँसमा हिड्नाले तपाई लामो समय सम्म जवान रहन सक्नु हुन्छ ।

खाली खुट्टा जमिनमा हिड्ने बानीले शरीरको बनावट सही रहन्छ । यसले ढाँड पनि सोझो रहिरहन्छ, जसले ढाँड र पिठ्युको हड्डीसँग सम्बन्धीत धेरै समस्याबाट बचाउन सक्छ । त्यस बाहेक खाली खुट्टा हिड्नाले खुट्टाको दुखाईमा पनि राहत हुन्छ ।

खाली खुट्टा हिड्नाले ब्लड सर्कुलेशन बढ्छ । जसले पैताला बलियो हुन्छ । नियमित केहि समय खाली खुट्टा हिड्नाले खुट्टाको पुरानो दुख्ने समस्यामा समाधान भएर जान्छ । एक अध्ययनका अनुसार, खाली खुट्टा हिड्नाले तनाव पनि कम हुन्छ र दिमाग पनि शान्त रहन्छ ।


(एजेन्सीको सहयोगमा) 
 

Last modified on 2017-07-04 16:29:53

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts