डिप्रेशनमा हुनुहुन्छ ? यि मसालाको प्रयोग गर्नुस्



Download our app to get more features

डिप्रेशन भएपछि तपाइँ के गर्नु हुन्छ ? प्रायः जसो व्यक्ति जब डिप्रेसनमा हुन्छ उसले आफूलाई कोठाभित्र बन्द गर्ने वा साथीहरुसँग समय विताउन मन पराउँछ । तर, के तपाइँलाई थाहा छ ! तपाईको खानामा सामान्य परिवर्तन गर्नाले तपाईँ डिप्रेशनबाट छुट्कारा पाउन सक्नु हुन्छ ।

हालै गरिएको एक अध्ययनका अनुसार, खान–पिनमा धेरै यस्ता सामग्रीहरु हुन्छन् जसको सेवनले मूड फ्रेश हुन्छ । त्यस्ता सामग्रीहरु खानाले शरीरमा राम्रो अनुभव गराउँछ र  हर्मोनलाई सक्रिय बनाउँछ, जसले गर्दा मूड ठीक हुन्छ । यदी तपार्इँलाई पनि डिप्रेशनको समस्या छ भने यि मसालाहरुलाई आफ्नो डाइटमा समावेश गराउन सक्नु हुन्छ ।

डिप्रेसन भएपछि हामीले औषधि खान पनि सुरु गरेको सहजै देख्न सकिन्छ । तर, पटक–पटक औषधि खानाले हाम्रो स्वास्थ्यलाई हानी पु¥याउन सक्छ । यस अवस्थामा तपाईको भान्छामा भएका केहि यस्ता मसाला जसको प्रयोग गरेर तपाई आफ्नो तनाव (डिप्रेसन) लाई हटाउन सक्नु हुन्छ ।

यि मसाला जसको प्रयोग गर्नाले तपाईको डिप्रेसन हुन्छ टाढा

१. दालचिनी 

दालचिनीमा एक आफ्नै प्रकारको वास्ना हुन्छ । दालचिनीको प्रयोग आफ्नो खानामा प्रयोग गर्न सक्नु हुन्छ, जसले दिमागलाई एक्टभिव राख्ने काम गर्छ । साथै यसले मूडलाई पनि राम्रो बनाउने काम गर्छ, र स्मरणशक्ति बढ़ाउनमा पनि मद्दत गर्छ ।

२. केसर 

केसरलाई खुशीको मसाला भन्ने गरिन्छ । अध्ययनहरुका अनुसार केसरको प्रयोग दूध अथवा खाने परिकारमा गर्नाले तनाव चाडै कम हुन्छ । यसले मूडलाई हल्का बनाउने काम र रिफ्रेश गराउँछ ।

३. बेसार 

खानामा पहेँलो बेसारको प्रयोगले पनि मूड राम्रो बन्छ । यसमा एन्टी–इन्फ्लामेट्री र एन्टी–अक्सीडेन्ट्सको राम्रो मात्रा हुन्छ जसले तनाव कम गर्नमा मद्दत गर्छ ।


(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-06 12:14:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts