तातो पानीले राख्छ तपाईँलाई सँधै स्वस्थ
तातोपानीको स्वाद नराम्रो भएपनि यो स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हुन्छ । तातो पानी पिउनुको फाइदाको बारेमा जानेर तपाई आफैँ पिउन थाल्नु हुन्छ । उसो त ८ देखि १० गिलास पानी पिउनु शरीरको लागि अत्यावश्यक हुन्छ । तर, दिनमा ३ देखि ४ गिलास तातोपानी पिउने बानीले तपाईँको शरीरमा कुनै पनि रोगले सजिलै घर बनाउन सक्दैन ।
तातो पानी पिउनुको १० फाइदा ः
१. तौल घटाउन
यदी तपाईँको तौर लगातार बढ्दै गइरहेको छ र तपाईँले जति उपाय अपनाएपनि कुनै असर परेको छैन भने तपाई तातो पानीमा मह र कागती मिसाएर ३ महिना सम्म पिउनुस् । तपाईको तौलमा परिवर्तन आएको महसुस गर्न सक्नु हुन्छ । यदी तपाई हेल्दी ड्रिन्क पिउन चाहनु हुन्छ भने त्यसको साटो खाना खाएर एक कप तातो पानी पिउन सक्नु हुन्छ ।
२. रुघाखोकीमा आराम
कुनै पनि मौसममा यदी तपाईँलाई छातीमा कफ जमेको र रुघाखोकी लाग्ने समस्या छ भने तातो पानी पिउनु तपाईको लागि उत्तम उपाय हो । तातो पानी पिउनाले घाँटीमा खसखस नुहने र रुघाखोकीमा राहत हुन्छ ।
३. महिनावारीको समय राहत
महिनावारीको बेला हुने दुखाईले तपाईँको सबै काममा समस्या उत्पन्न गराइदिन्छ । त्यस अबस्थामा तातो पानी पिउनाले दुखाईमा राहत हुन्छ र काम गर्न पनि सजिलो हुन्छ । महिनावारीको समय तातो पानी पिउनाले पेट पनि स्वस्थ रहन्छ ।
४. शरीरको विकार सफा गर्न
तातो पानी पिउनाले शरीरमा भएको अशुद्धिलाई सजिलै बाहिर निकाल्ने काम गर्छ । तातो पानी पिउनाले शरीरको तापक्रम बढ्न थाल्छ जसले पसीना आउने हुन्छ र पसिनाको माध्यमले शरीरको विकार बाहिर निस्कन्छ ।
५. बढ्दो उमेरको चाउरीपनमा मद्दत
बढ्दो उमेर सँगै अनुहारमा चाउरी पर्ने समस्याले तपाईँलाई सताउन थालेको छ भने तातो पानी पिउन सुरु गर्नुस् । केही हप्तामा नै तातो पानी पिउनुको असर देखिन थाल्छ । जसले तपाईँको छाला कसिलो, चम्किलो र कोमल हुन्छ ।
६. कपालको लागि लाभदायक
तातो पानी पिउनाले तपाईँको कपाल र छालाको लाभदायक हुन्छ । तातो पानी पिउनाले कपाल चम्किलो हुन्छ र कपाल बढाउनमा पनि मद्दत गर्छ ।
७. पेटलाई राख्छ स्वस्थ
तातो पानी पिउनाले पाचन क्रिया राम्रो रहन्छ । तातो पानी पिउनाले ग्यास्ट्रिक हुने समस्यामा पनि राहत हुन्छ । खाना खाइसकेपछि तातो पानी पिउने बानी बसालौँ । तातो पानी पिउनाले खाना चाँडै पचाउने र पेट स्वस्थ हुन्छ ।
८. रक्त सञ्चालनमा सहयोग
शरीरलाई राम्रो सँग चलाउनका लागि रगतको सञ्चार पूर्ण तरिकाले हुनु आवश्यक हुन्छ । हाम्रो शरीरमा रगतको प्रवाह सही तरिकाले गराउन तातो पानीले सहयोग गर्छ । तातो पानी पिउनाले रक्त सञ्चालनलाई राम्रो र समान बनाइ राख्छ ।
९.शरीरको शक्ति बढाउन
सफ्ट ड्रिन्क्सको साटो मनतातो पानी अथवा कागती हालेर मनतातो पानी पिउनाले तपाईँको ईनर्जी लेभल बढ्छ । साथै तातो पानी पिउनाले पाचन प्रक्रिया पनि स्वस्थ रहन्छ ।
१०. जोर्नी दुखाईमा राहत
तातो पानी पिउनाले जोर्नीको दुखाईलाई कम गर्छ । हाम्रो मांसपेशिको ८० प्रतिशत भाग पानीले बनेको हुन्छ, त्यसैले तातो पानीले मांसपेशि बाउडिने समस्या पनि कम भएर जान्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>