वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको 'आकस्मिक बैठक' सम्पन्न



Download our app to get more features

काठमाण्डौ, २३ पुस । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समितिको आकस्मिक बैठक बसेको छ । 
गत बिहिबारको मन्त्री परिषद्को बैठकले स्वास्थय मन्त्रालयले ल्याएको अस्पताल तथा स्वास्थ्य संस्थाका पदाधिकारी नियुक्ति सम्बन्धी नयाँ मापदण्ड अनुसार छ जना सदस्य मनोनयन गरे पछि शनिबार बोर्डको पहिलो बसेको हो । संचालक समितिका सदस्य पूर्ण नहुदा विगत नौ महिना देखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समितिको बैठक बस्न सकेको थिएन । 

संचालक समितिको बैठकले अस्पतालको सुधार लगायतका विषयमा विभिन्न निर्णय समेत गरेको छ । लामो समय देखि अस्पतालमा देखिएको समस्या समाधान गर्न स्वास्थ्य मन्त्री गगन कुमार थापाले संचालक समितिका अध्यक्ष र निर्देशकलाई अस्पतालको सुधार गर्न निर्देशन दिएका थिए । संचालक समितिको बैठकले अस्पताल सुधार लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको संचालक समितिका अध्यक्ष डा प्रकारशराज न्यौपानेले बताए ।

न्यौपानेका अनुसार अस्पतालमा कार्यरत चिकित्सकहरुलाई नीजि किलनिक तथा स्वास्थ्य संस्थामा जान रोक लगाउने र अस्पताल भित्रै विस्तारित स्वास्थ्य सेवा (इएचएस) शुरु गर्ने निर्णय गरेको छ  ।त्यस्तै बैठकले विगत तीन वर्ष देखि खरिद प्रकृयामा समस्या देखिएको पेट स्कान मेसिन खरिदका विषयमा स्वास्थ्य मन्त्रालयलाई सहयोग गर्न समेत अनुरोध गरेका छ । साथै नेपालगंजमा क्यान्सर अस्पताल संचालनको लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि अगाडि बढ्ने निर्णय गरेको छ । 

बैठकले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई नेशनल क्यान्सर इन्टिच्युटमा परिणत गर्न आवश्यक तयारी शुरु गर्ने समेत निर्णय गरिएको छ । अस्पतालले हाल विभिन्न देशका विश्वविद्यालयसँग समन्वय गरि क्यान्सर रोग सम्बन्धी अनुसन्धान गरिरहेको छ । स्वास्थ्य मन्त्रीबाट अस्पताल सुधारको लागि दिइएका निर्देशनहरु समय तालिका बनाई कार्यन्वययनमा लैजाने समेत बैठक निर्णय गरिएको छ । अस्पतालको आ व २०७३÷७४ को वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने  र नेपाल सरकारद्धारा साउनदेखि लागु हुने गरि तलब वृद्धि र ग्रेडको व्यवस्था गर्ने  निर्णय गरिएको छ ।

संचालक समितिमा हाल कायम रहेका १२ सदस्य मध्ये अध्यक्ष डा प्रकाशराज न्यौपाने, सदस्यहरु डा दिपेन्द्ररमण सिह (प्रतिनिधि स्वास्थ्य मन्त्रालय), डा तारा मानान्धर, डा आरती शाह, डा अनु कुशवाह, डा सरिता घिमिरे, दिनेश कोइरला, सुस्मिता रिमाल र वीपी कोइराला कयान्सर अस्पतालका कार्यकारी निर्देशक चीन बहादुर पुनको उपस्थिति रहेको थियो ।

Last modified on 2017-07-06 12:17:09

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts