बाँकेका हेल्थपोष्टहरुमा अत्यावश्यक औषधिको अभाब(भिडियो सहित)

सिटामोल, जिङ चक्की र जीबन जल पनि छैन 



Download our app to get more features

बाँके, २३ पुस । बाँके जिल्लाका दुर्गम क्षेत्रमा रहेका हेल्थपोष्टहरुमा सिटामोल र जीवनजल जस्ता अत्याबश्यक औषधिहरुको अभाब हुदा बिरामीहरु समस्यामा परेका छन ।

बाँकेको बिनौना हेल्थपोष्टमा सरकारले उपलब्ध गराउने ३५ किसिमका औषधी मध्ये सिटामोल, जिङ चक्की र जीवनजल जस्ता २७ किसिमका अत्याबश्यक औषधिहरु नभएको हेल्थपोष्टका इन्चार्ज हिरामणी थारुले बताए । औषधि सकिएपछि त्यसको लिखित जानकारी सहित जिल्ला जनस्वास्थ्य कार्यालयमा माग फारम बुझाए पनि हालसम्म जनस्वास्थ्य कार्यालयले औषधि उपलब्ध गराएको छैन ।

हेल्थपोष्टमा औषधि सकिए पछि सर्वसाधारणले रुघाखोकी र सामान्य ज्वरोका औषधी समेत पाउन सकेका छैनन् । छोराको निःशुल्क उपचार होला भन्ने आशामा हेल्थपोष्टमा पुगेकी बिपन्न परिबारकी रामकुमारी थारु औषधि बिनै रित्तो हात हेल्थ पोष्टबाट फर्किन् । अस्पतालको बाहिर भित्तामा भने सरकारले निशुल्क उपलब्ध गराउने ३५ किसिमका औषधिको नामावली लेखिएको ब्यानर झुन्डाइएको थियो । राम कुमारीले सरकारले निशुल्क उपलब्ध गराउने ३५ किसिमका औषधिको नामावली लेखिएको ब्यानर हेरेरै हेल्थपोष्टको पर्चा बोकेर फर्किइन । 

जिल्ला जनस्बास्थ्य कार्यालय मै औषधिको अभाब भएका कारण जनस्बास्थ्यले हेल्थपोष्टहरुलाई उनीहरुको माग भन्दा निक्कै कम परिमाणमा औषधि उपलब्ध गराउदै आएको छ । लामो समयदेखि औषधिको अभाब भए पनि माग अनुसारको औषधि कहिले आउछ भन्न टुङो नभएको हेल्थपोष्टका इन्चार्ज हिरामणि थारुले बताए । बालबालिकाहरुलाई आबश्यक पर्ने जिङ चक्की देखि कोट्रिम, एन्टिबायोटिक, आँखा र छालाका रोगसंग सम्बिन्धत औषधिहरु नहुदा बिरामीहरुले निजी स्बास्थ्य संस्थाहरुमा गएर औषधि किन्नु पर्ने बाध्यता रहेको छ । 

बिनौना हेल्थपोष्टमा दैनिक ५० देखि ७० जना सम्म बिरामीहरु उपचारका लागि आउने गरे पनि औषधिहरु सकिएका कारण बिरामीहरुको संख्या समेत घट्दै गएको छ । जिल्लाबाट पहिलो चरणमा खरिद गरिएको औषधि सकिएको र दोस्रो चरणमा खरिदका लागि टेन्डर आब्हान गरी सप्लायर्ससंग खरिद सम्झौता भई सकेका जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आगामी साता देखि औषधिको अभाब कम हुने जिल्ला जनस्बास्थ्य कार्यालय बाँकेको दावी छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि खरिद गर्न वार्षिक ५५ लाख रुपैयाँ बजेट पाउछ । बाकेमा ३ प्राथमिक स्वास्थ्य केन्द्र र ४४ उपस्वास्थ्यचौकी छन् ।

भिडियो हेर्नुस् ।

 


 

Last modified on 2017-07-06 12:18:31

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts