भोजपुर १९ औँ पूर्ण खोप जिल्ला घोषित



Download our app to get more features

भोजपुर, २३ पुस । भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएको छ । 

स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लालाई नेपालकै १९ औँं र पूर्वाञ्चलको पाँचौँ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा शुक्रबार भोजपुरको सदरमुकाममा आयोजित विशेष समारोहका बीच घोषणा गरेका छन् । 

सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्यअनुरुप भोजपुरमा रहेका दुई नगरपालिका र ५४ गाविसका १२ देखि २३ महिनाभित्रका तीन हजार छ सय ९३ बालबालिकाले एक वर्ष्भित्र नै पूर्ण खोप लगाएको हुँदा जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य प्रमुख राजुकुमार श्रेष्ठले जानकारी दिए । 

कार्यक्रममा पूर्ण खोप सुनिश्चितता गर्न सहयोग गर्ने पत्रकार र विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । रासस 
 

Last modified on 2017-07-06 12:24:26

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts