यि पाँच कारणले तपाई पिउनु हुन्छ पालगको जूस



Download our app to get more features

पालगको सागमा शारीरिक विकासका लागि आवश्यक पर्ने लगभग सबै पोषक तत्वहरु पाईन्छ । मिनरल्स, भिटामिन र अन्य न्यूट्रीएन्ट्सले भरपूर पालग साग एक उत्तम खाने तत्व हो ।

सामान्यतया हामी पालग सागको तरकारी बनाएर वार परौठा बनाएर खाने गर्छौ । तर, यदी पालग सागको पूर्ण रुपले फाइदा लिने हो भने पालगको जूस पिउनु सबैभन्दा बढी लाभदायक हुन्छ । तर, पालगको जूस बनाउँदा धेरै पातलो बनाउनु हुँदैन अन्यथा त्यसमा भएको सबै फाइबर हराएर जान्छ ।

पालगमा भिामिन ए, सी, ई, के र बी कम्प्लेक्स पर्याप्त मात्रामा पाईन्छ । त्यस बाहेक यसमा म्याग्नीज, क्यारोटीन, आइरन, आयोडीन, क्याल्शियम, म्याग्नेशियम, पोटाशियम, सोडियम, फस्फोरस र आवश्यक अमीनो एसिड पनि पाइन्छ ।

पालग जूस पिउनुको ५ कारण जसले राख्छ तपाईलाई स्वस्थ ः

१. पालगको साग भिटामिन के को राम्रो स्रोत हो । त्यसैले पालगको जूस पिउनाले हड्डीहरु बलियो हुन्छ ।

२. पाचन क्रियालाई राम्रो बनाइ राख्न पालगको जूस पिउन सल्लाह दिइन्छ । यसले शरीरको विषाक्त पदार्थहरुलाई बाहिर निकाल्ने काम गर्नमा मद्दत गर्छ । साथै यदी तपाईलाई कब्जियतको समस्या छ भने पालगको जूस तपाईको लागि फाइदाजनक हुन्छ ।

३. यदी तपाईलाई छालासँग सम्बन्धित कुनै समस्या छ भने पालगको जूस पिउनु राम्रो हुन्छ । पालगको जूस पिउनाले छाला सुन्दर र जवान बनी रहन्छ । साथै कपालको लागि पनि पालग जूस राम्रो मानिन्छ ।

४. गर्भवती महिलाहरुलाई पनि पालगको जूस पिउने सल्लाह दिइन्छ ।  पालगको जूस पिउनाले गर्भवती महिलाको शरीरमा आइरनको कमी हुँदैन ।

५. विभिन्न अध्ययनहरुमा भनिएको छ , पालगमा पाइने क्यारोटिन र क्लोरोफिलले क्यान्सरबाट बचाउनमा सहयोग गर्छ । त्यस बाहेक आँखाको रोशनीको लागि पनि पालगको जूस पिउनु उत्तम हुन्छ ।


(एजेन्सीको सहयोगमा) 
 

Last modified on 2017-07-06 12:27:02

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts