विपी क्यान्सर अस्पतालमा ६ सञ्चालक नियुक्त
काठमाडौँ २२, पुस । सरकारले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको सञ्चालक समितिमा नयाँ सदस्यहरु नियुक्ति गरेको छ । मन्त्रिपरिषदको बैठकले डा. आरती शाह, डा. तारा मानन्धर, डा. अनु कुशवाह, डा. सिरता घिमिरे, दिनेश कोइराला र सुमिता रिमाललाई सदस्य नियुक्ति गरेको हो । सञ्चालक समितिमा अध्यक्षसहित ६ जना सदस्य सरकारले नियुक्ति गर्दछ ।
मन्त्रिपरिषदले सञ्चालक समितिमा नयाँ मापदण्ड अनुसार सदस्यहरु नियुक्ति गरेको हो । यसअघि न्याम्सका उपकुलपति डा. गणेशबहादुर गुरुङ, वीर अस्पतालका डा. केदार सेन्चुरी, डा. चण्डिका पण्डित न्यौपाने, डा. शिला बर्मा, प्रभा बराल र रामप्रसाद न्यौपाने सदस्य थिए ।
Last modified on 2017-07-07 17:05:44