शिविरमा ७७ जनाले मृगौला परीक्षण गराए
म्याग्दी, २२ पुस । नेपाल प्रेस युनियन म्याग्दी शाखाले आज आयोजना गरेको निःशुल्क मृगौला परीक्षण शिविरमा ७७ जनाले आफ्नो मृगौला परीक्षण गराएका छन् ।
हरेक नेपालीको मृगौला परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीसँग सहकार्य गरेर युनियनले एकदिने सो शिविर आयोजना गरेको हो । शिविरमा ४० जना पत्रकार÷सञ्चारकर्मी र ३७ जना सर्वसाधारण गरी ७७ जनाले मृगौला परीक्षण गराएको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले जानकारी दिए ।
सो अवसरमा नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजाले स्वास्थ्य मन्त्रालयको अभियान सकरात्मक भएको भन्दै त्यसको प्रचारप्रसारका लागि युनियनको कदमको प्रशंसा गरे । यस्ता अभियानलाई गाउँ÷गाउँमा सञ्चालन गर्न अस्पताललाई उाले सुझाव समेत दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख डा कृत्तिका कँडेलले अब हरेक सर्वसाधारणको निःशुल्क मृगौला परीक्षणको व्यवस्था गरिएको बताउँदै विभिन्न गाविसमा सञ्चालन गर्ने शिविरमा पनि यो सुविधालाई समावेश गर्ने र त्यसको प्रचारप्रसारमा सञ्चारकर्मी र सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । रासस
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>