ब्लड प्रेसर कम  हुँदा अपनाउनु पर्ने घरेलु  उपाय



Download our app to get more features

सामान्यतया बढी ब्लड प्रेसर जस्तै लामो समयसम्म कम ब्लड प्रेसर पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ । कम ब्लड प्रेसरको कारण दिमाग र किड्नी दुवैमा बिपरित परिणाम हुन सक्छ । ब्लड प्रेसर कम हुँदा किड्नी फेल हुनुको साथै ब्रेनमा समेत असर  पर्ने हुन्छ। कम ब्लड प्रेसर अक्सिजन र पोषण तत्वको मस्तिष्कसँग रोक्न सक्छ । जसका कारण मस्तिष्कमा असर पर्छ । 

मुटुलाई स्वस्थ राख्न शरीरमा पानीको मात्रा कम हुन दिन नहुने चिकित्सकहरुकाे सुझाव छ । गर्भावस्था, हर्मोनको असन्तुलन, मधुमेह, लो ब्लड सुगर, औषधिको प्रभाव हृदयको असामान्य घड्कन जस्ता कारण कम ब्लड प्रेसर हुन सक्छ । 

कम ब्लड प्रेसर हुँदा सर्व प्रथम कम ब्लड प्रेसर हुनुको कारण पत्ता लगाउनु पर्छ । कम ब्लड प्रेसर भएमा छाती दुख्ने, सास फल्ने, ज्वरो आउने, वान्ता हुने, झाडापखाला लाग्ने, चक्कर लाग्ने, आँखाको अगाडि अँध्यारो देख्ने, बेहोस हुने, अत्याधिक थकान लाग्ने, कमजोरी जस्ता लक्षण देखापर्छ । यसको उपचार लक्षणको तीव्रता, स्वास्थ्य स्थिति अनुसार निर्भर हुन्छ ।


कम ब्लड प्रेसर हुँदा ब्लड प्रेसरको सामान्य राख्ने उपाय

पानीः
शरीरमा कुनै कारणबस पानीको मात्रा कम हुँदा ब्लड प्रेसर कम हुन जान्छ । यस्तो अवस्थामा पानीको मात्रा बढाउँदा ब्लड प्रेसर नियन्त्रणमा राख्न सकिन्छ । गर्मी मौसममा अत्याधिक पसिना आउने र पानीको कमी हुँदा ब्लड प्रेसर धेरै कम हुन्छ ।

नुनः
ब्लड प्रेसर कम हुँदा खानामा नुनको मात्रा थोरै बढाउनु पर्छ । गर्मीको समयमा चिसो पानीमा चिनी, नुन र कागति मिसाएर पिउँदा फाइदा हुन्छ । नुनको मात्रा बढाउनु पूर्व चिकित्सकको सल्लाह लिनुपर्छ । नुन मात्रा बढी हुन गएमा स्वास्थ्यमा नकारात्मक असन पर्नुको साथै प्रेसर बढ्न पनि सक्छ । 

रक्सीः
रक्सी सेवन बिल्कुलै गर्नुहुँदैन । रक्सी पिउँदा पिसाब धेरै आउने र शरीरमा पानीको कमी हुन गई ब्लड प्रेसर कम हुन्छ ।

आहारः
खानामा सधैभरी पौष्टिक आहार समावेश गर्नु उचित मानिन्छ । शरिरमा पौष्टिक तत्वको अभाव हुँदा ब्लड प्रेसर कम हुनुका साथै कमजोरी हुन्छ । स्वास्थ्यको लागि घातक मानिने फास्टफुड खानु भन्दा हरियो सागसब्जी र फलफुल खानु पर्छ । खानामा किसमिस,  बदाम, गाजर, तुलसी, कागतिको सेवन गर्नु राम्रो मानिन्छ । 

व्यायामः
उमेर र आफ्नो क्षमताअनुसार हरेक दिन व्यायाम गर्दा स्वास्थ्यमा फाइदा पुग्छ । व्यायाम गर्दा मुटु र रक्त नलि स्वस्थ र मुटुको धडकन राम्रो हुन्छ । 

जीवनशैलीः
सर्व प्रथम तनाव रहित जीवन जीउने प्रयास गर्नुपर्छ । आफू बसेको स्थान वा पोजिसन फेर्ने समयमा बिस्तारै गर्नुपर्छ । अचानक सुतेर बस्ने वा बसेर उठ्दा कहिले काहीँ ब्लड प्रेसर कम हुँदा चक्कर आउन सक्छ । त्यसैले पोजिसन बदल्दा बिस्तारै गर्नुपर्छ । यदि उभिदाँ चक्कर आउछ भने कुनै पनि वस्तुको सहारा लिएर उभिने । यसो गर्दा रक्त संचार ठीक हुनुको साथै ब्लड प्रेसर सामान्य हुन जान्छ ।

एजेन्सीकाे सहयाेगमा

 

Last modified on 2017-07-06 12:36:11

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts