निजी अस्पतालसँग सहकार्य गर्छुः स्वास्थ्यमन्त्री थापा 



Download our app to get more features

काठमाण्डौ, २२ पुस । स्वास्थ्य मन्त्री गगन थापाले सरकार निजी अस्पतालहरुसँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताएका छन् । 
धापासी स्थित ग्राण्डी अस्पतालको चौथो स्थापना दिवसलाई आज सम्बोधन गर्दै मन्त्री थापाले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा ग्राण्डी जस्ता अस्पतालले उदाहरणीय कार्य गरेको बताए । उनले सरकारले लागू गरको १० प्रतिशत निशुल्क शैयाको व्यवस्था कार्यान्वयन गर्न अस्पताललाई निर्देशन दिएका छन् । निजी अस्पतालहरुले १० प्रतिशत निशुल्क शैया उपलब्ध गराएर गरिव विपन्नको उपचार गर्नै पर्ने व्ययवस्थालाई मन्त्री थापाले कडाइका साथ लागू गराउने बताउँदै आएका छन् । 

र्याडिसन होटलमा आयोजित वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी  नेपालले ग्राण्डी अस्पताल जस्ता सुविधानसम्पन्न र महंगा अस्पताल मुलुकमा आवश्यक रहेको बताए । कार्यक्रममा ग्राण्डी अस्पतालका अध्यक्ष दीपक कुवँरले थुप्रै चुनौति र सम्स्याहरुलाई छिचोल्दै राम्रो स्वास्थ्य सेवा प्रदायक अस्पताल बनाउन सकेको बताए । यसैगरी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले स्वास्थ्य सेवाका क्षेत्रमा ग्राण्डी अस्पतालले उदाहरणिय कार्य गरेको जिकीर गरे ।
अस्पतालमा विभिन्न ३५ वटा बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध छन् । 

Last modified on 2017-07-06 12:36:39

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts