बलिउड अभिनेता ओम पुरीको हृदयघातका कारण निधन



Download our app to get more features

बीबीसी । बलिउडका प्रख्यात अभिनेता ओम पुरीको हृदयघातको कारण निधन भएको छ । 
६६ वर्षीय ओमको आज बिहान मृत्यु भएको हो । समाचारहरुका अनुसार उनी बिहान ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए । ओम पुरीले पछिल्ला दिनहरुमा आफ्नो मृत्युका बारेमा कुरा गर्ने गरेको बीबीसीले जनाएको छ । ओमले बिरामी हुन डर लाग्ने तर मृत्युसँग डर नलाग्ने बताउने गरेको समाचारहरुमा उल्लेख छ । 

सन् २०१५ मा गरिएको उनको एक अन्तर्वातामा उनले आफ्नो मृत्युका बारेमा कसैलाई थाहा नहुने र आफु सुत्दा सुत्दै मर्ने भन्दै हाँसेका थिए । आज उनको आफुले भनेकै शैलीमा निधन भएको छ । उनले आक्रोश, अर्धसत्य, गुप्त, जाने भी दो यारों, चाची ४२०, मालमाल विक्लीमा शानदार अभिनय गरेका छन् ।

पछिल्लो समय घायल रिटर्नमा देखिएका पुरीको आज बिहान मुम्बईको अन्धेरी स्थित आफ्नै निवासमा निधन भएको हो । उनको अकस्मात भएको निधनले बलिवुड स्तब्ध बनेको छ । पुरीले विभिन्न भाषाका चलचित्रमा अभिनय गरेका थिए । उनले विभिन्न विधामा सशक्त अभिनय गरेका कारण बलिउडमा उनलाई स्थापित कलाकारका रुपमा लिइन्छ । स्व. पुरीका एक छोरा छन् । सन् १९९३ मा दाम्पत्य जीवनमा बाँधिएका उनले सन् २०१३ मा पत्नी नन्दितासँग सम्बन्ध विच्छेद गरेका थिए ।

Last modified on 2017-07-06 12:37:57

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts