केडिसीद्वारा ३ सय ७० जनाको निशुल्क दन्त परीक्षण



Download our app to get more features

काठमाडौँ, २२ पुस । कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालले आयोजना गरेको निशुल्क दन्त परीक्षण शिविरमा ३ सय ७० जना लाभान्वित भएका छन् । 

बुढानिलकण्ठस्थित ओम इङ्लिस एकेडेमीमा बिहीबार केडिसीले आयोजना गरेको परीक्षणमा विद्यालयका ३ सय ७० जना विद्यार्थीको निशुल्क दन्त परीक्षण गरिएको हो ।

बुढानिलकण्ठ तौलुङ बालक्लवले लायन्सक्लव अफ भृकुटीको सहयोगमा आयोजना गरेको शिविरमा केडीसीका डा. स्मिता दाहालको नेतृत्वमा ८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले जाँच गरेका थिए ।

परीक्षणमा विद्यार्थी बालबालिकाको दन्त परीक्षण गर्नुका साथै मुख स्वास्थ्य सम्वन्धी जनचेतनामुलक कार्यक्रम पनि गरिएको थियो ।  डा. दाहालका अनुसार परीक्षणका क्रममा केही बालबालिकाको दाँतमा किराले खाएको तथा गिँजा सम्वन्धी समस्या भएको पाइएको र समस्या भएका बालबालिकाहरुको थप उपचार समेत गरिएको थियो ।

Last modified on 2017-07-06 12:39:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts