फागुनमा हुने भनिएको ‘मिस नर्स’को नर्सिङ्ग संघद्वारा कडा विरोध, संघमा आवद्धलाई भाग नलिन अपिल



Download our app to get more features

काठमाण्डौं, २१ पुष । नेपालमा ३ वर्षयता आयोजना गरिँदै आएको नर्सहरुको सौन्दर्य प्रतियोगिता मिस नर्स यो वर्षपनि हुने भएको छ ।

नेक्स्ट मोडल नेपाल नामक संस्थाले यसवर्षको मिस नर्स आयोजना गर्ने तयारी गरेसँगै नर्सहरुको छाता संगठन नेपाल नर्सिङ संघले कडा विरोध गरेको छ । मानवीय सेवासँग जोडिएका पेशाकर्मीलाई सुन्दरी प्रतियोगिताको नाममा व्यवसायिकरण गरेको संघको आरोप छ । रोगीको घाउ र पीडामा मल्हम लगाउन सेवाभावले खटिने पवित्र नर्सिङ पेशालाई नाफा कमाउने उद्धेश्यले प्रयोग गरिनु दुर्भाग्यपूर्ण भएको नर्सिङ संघकी उपाध्यक्ष अप्सरा पाण्डेले बताइन् । 

आयोजकले यस वर्षको मिस नर्स फेब्रुअरी ४ मा सम्पन्न हुने गरि सुरु हुँदैछ । नेक्स्ट मोडल्स नेपालका कार्यकारी अधिकृत रवि धमलाले मिस नर्सको आयोजक टोलिले नर्सिङ संघसँग सहकार्य गर्न आग्रह गरेको बताए । धमलाले प्रतियोगिताको बिरोध हुनुको कुनै अर्थ नभएको जिकिर गरे । 'यो त नर्सिङ पेशामा रहेकाहरुको व्यक्तित्व विकास, पेशागत सशक्तिकरण र लुकेर रहेको प्रतिभालाई नैतिक सर्मथन मात्रै गरेको हो ,' उनले भने । तर संघले नर्सिङ पेशालाई व्यवसायिकरण नगर्न भन्दै विरोध गरेपछि आयोजक सम्पर्कमा नआएको संघकी उपाध्यक्ष पाण्डेले बताइन् । उनले भनिन् ‘हामिले बिरोध गरेपछि आयोजक कमिटिले अबरोध खडा गर्छ भनेर गलत सम्पर्क ठेगाना दिएकोले हामीले बिरोध गर्न सकेनौ त्यतिखेर । तर यसपाली हामी यस्ता प्रतियोगिताको बिरोध गर्न आफ्ना कार्यक्रम अघि ल्याउंदैछौं ।’

आयोजकले भने नर्सिङ पेसामा आबद्ध रहेकाहरुको व्यक्तित्व विकास, पेशागत सशक्तिकरण र लुकेर रहेको प्रतिभालाई प्रस्फुटित गर्न प्रतियोगिता गरेको प्रतिक्रिया दिएको छ । नर्सिङ संघले मिस नर्स प्रतियोगिताको बिरोधका बारेमा आफ्ना औपचारिक विरोध कार्यक्रममा केही दिनमा सार्वजानिक गर्ने बताएको छ । संघले आफ्ना मातहतका सबै शाखा कार्यलयहरुलाई यस्ता प्रतियोगिताहरुमा भाग नलिन अपिल गर्ने तयारी गरेको छ । 

फाइल फोटो/ग्ल्यामर्स नेपाल
 

Last modified on 2017-07-06 12:41:03

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. Good decision I humbly respect to NAN

  2. I am request to all nurses to develop the positives attitudes.respect the extraactivites but should not forgot nursing profession.not loose charecters go forward whatever u want like dancer,actor,modal,singer,musician .


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts