काँचो केरा खानाले रहनु हुन्छ दिनभर एक्टिभ
पाकेको केरा खानुको फाइदाको बारेमा तपाईलाई थाहा छ होला र तपाई नियमित खानु पनि हुन्छ होला । पाकेको केरा हामी जति रुचाएर खान्छौँ त्यति काँचो केरा खादैनौँ । यदी खानै परेपनि तरकारी वा कोप्ता बनाएर खाने गर्छौँ । किनकि काँचो केराको फाइदाको बारेमा हामीलाई थाहा नहुन सक्छ ।
काँचो केरा पोटाशियमको खजाना हो , जसले इम्यून सिस्टमलाई बलियो बनाउँछ साथै शरीरलाई पनि दिनभर एक्टिभ बनाइ राख्छ । काँचो केरामा पाइने भिटामिन बी–६, भिटामिन सी ले कोषहरुलाई पोषण दिने काम गर्छ । काँचो केरामा स्वस्थबद्र्धक स्टर्च हुन्छ र साथै एन्टी–अक्सीडेन्ट्स पनि पाइन्छ । त्यसैले नियमित रुपले एउटा काँचो केरा खानु स्वास्थ्यका लागि धेरै नै फाइदाजनक हुन्छ ।
काँचो केरा खानुको फाइदा ः
१. तौल घटाउनमा सहयोगी
तौल घटाउन चाहनेहरुले दैनिक एउटा काँचो केरा खानु राम्रो हुन्छ । यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले अनावश्यक बोसोलाई हटाई शरिरमा भएको विकारयुक्त पदार्थलाई पनि सफा गर्छ ।.
२. कब्जियतको समस्यामा आराम
काँचो केरामा फाइबर र स्वस्थबद्र्धक स्टर्च पाइन्छ, जसले आन्द्रामा कुनैपनि प्रकारको विकारयुक्त पदार्थलाई जम्मा हुन दिदैँन । त्यसैले कब्जियतको समस्या भएमा काँचो केरा खानु तपाईको लागि धेरै लाभदायक हुन सक्छ ।
३. भोक लाग्न दिदैँन
काँचो केरामा पाईने फाइबर र अन्य पोषक तत्वले भोकलाई नियन्त्रण गर्ने काम गर्छ । काँचो केरा खानाले बेला–बेलामा लागि रहने भोक पनि हराएर जान्छ ।
४. मधुमेहलाई नियन्त्रण गर्छ
यदी तपाइ मधुमेह रोगबाट पीडित हुनुहुन्छ भने तपाईलाई सुरु मै थाहा हुन्छ । मधुमेह सुरु भएको शुरुवाती क्रममा नै तपाईले काँचो केरा खान सुरु गर्नुभयो भने मधुमेह नियन्त्रण हुनमा मद्दत पुग्छ ।
५. पाचन क्रियालाई राम्रो बनाउन
काँचो केरा नियमित खानाले पाचन क्रिया राम्रो बनिरहन्छ । काँचो केरा खानाले पाचन प्रक्रियामा सहभागि पाचन झोललाई सक्रिय बनाइराख्छ ।
यस बाहेक काँचो केरा खानाले अनेक प्रकारका क्यान्सरबाट पनि बचाउनमा सहयोगी हुन्छ । काँचो केरामा पाइने क्याल्शियमले हड्डीलाई बलियो बनाउने काम पनि गर्छ । साथै यसले मूडलाई पनि राम्रो बनाउने काम गर्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>