एचआइभी संक्रमित बालबालिकालाई यौन शिक्षा



Download our app to get more features

काठमाण्डौ, २१ पुष । एड्स हेल्थ फाउण्डेशन  नेपाल(एएचएफ)ले विभिन्न संघसंस्थामा बस्दै आएका एचआइभी संक्रमित बालबालिकालाई विशेष शिक्षामुलक कार्यक्रमको आयोजना गरेको छ ।

विभिन्न संस्था बसेर एआरटी (एचआइभी संक्रमित खाने औषधि) सेवन गर्दै आएका बालबालिकालाई औषधि किन सेवन गर्र्ने भन्ने विषयमा ज्ञान दिन कार्यक्रमको आयोजना गरिएको हो । साथै बालबालिकालाई आफुजस्तै औषधि सेवन गर्ने अन्य बालबालिका पनि रहेछन् भन्ने जानकारी परामर्श कार्यक्रम आयोजना गरिएको एएचएफ नेपालका संयोजक राधेश्याम श्रेष्ठले बताए । 
 
औषधि सेवन गर्दै गरेका किशोरकिशोरीहरुले चेतनाको अभावमा असुरक्षित यौनसम्पर्क नगरुन भनेर उहीलाई यौनशिक्षा दिन कार्यक्रम गरिएको संस्थाका डा. अनुप बास्कोटाले बताए । कार्यक्रममा सहभागीहरुलाई विभिन्न खेल, हाजिरी जवाफ जस्ता मनोरञ्जन दिँदै एचआइभी र यौन शिक्षाका बारेमा जानकारी गराइएको थियो । 

सचेतना कार्यक्रममा नेपाल आराधना समाज र बेबी लाईफ होमका ३२ जना बालबालिकाको सहभागिता थियो । सहभागिहरुले कार्यक्रममा एचआइभी र असुरक्षित यौन सम्पर्कको बारेमा खुलेर कुरा गरेका थिए । यस्ता कार्यक्रम निरन्तर रुपमा आयोजना गरिने फाउण्डेशनले बताएको छ । 
 

Last modified on 2017-07-06 12:45:07

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts