जाडोमा पैताला तथा कुर्कच्चा कसरी जोगाउने ?
एजेन्सी । जाडो समयमा प्राय गोडा अर्थात पैताला तथा कुर्कच्चा सुख्खा हुने गर्दछ । साथै दुख्ने, करकर खानेसमेत हुने गर्दछ । बिशेषगरी पैताला सुख्खा हुनबाट बचाउन जैतुनको तेल अत्यन्तै प्रभावकारी हुने गर्दछ । त्यसको अलवा आयुर्वेद घरेलु उपचार अन्र्तगत हामी आँफै घरमै बसी बसी बिशेषगरी पैतालालाई स्वस्थ, नरम र चमकदार बनाउन सक्छौं ।
कसरी राख्ने स्वस्थ ?
एक बाल्टि मनतातो पानिमा मह राखेर पैताला तथा कुर्कच्चा डुबाउनुस् र हातले बिस्तारै माड्नुस । जसबाट महले जीबाणु मार्ने तथा एण्टिसेफ्टिककोकाम गर्दछ । साथै छालालाई नरम बनाइराख्दछ ।
त्यसपछि पैताला तथा कुर्कच्चामा जैतुनको तेल लगाएर मसाज गर्नुस् । जसबाट तपाँईको पैतालाको छाला चमकदार हुनुका साथै कोमल पनि हुने गर्दछ । साथै तपाँई जैतुनको तेल पानिमा मिसाएर नुहाउन पनि सक्नुहुन्छ ।
त्यस्तै जाडो याममा पैताला तथा कुर्कच्चाको बिशेष ख्याल राख्न सँधै सुतिको मोजा प्रयोग गर्नु बढि लाभदायि हुन सक्छ ।
बिशेषगरी पैताला तथा कुर्कच्चा स्वस्थ राख्न आयुर्वेदिक हर्वल क्रिम लगाउनु उचित हुन्छ । साथै मनतातो पानिले पैताला सफा गरेर सुत्नु अगाडी र बिहानीपख उठ्ने बेलामा हर्बल क्रिम लगायमा पैताला तथा कुर्कच्चा स्वस्थ, नरम र चमकदार हुने गर्दछ ।
Reporter
View Other Stories by Author >>