हेल्थकेयर बिलको पक्षमा उभिन ओबामाको आग्रह 

What's This?


Download our app to get more features

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो स्वास्थ्य सम्बन्धी विधेयकको रक्षाका लागि संघर्ष गर्न डेमोक्र्यािटक पार्टीका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन् । 

स्वास्थ्य सेवामा सहुलियत दिने गरी राष्ट्रपति ओबामाले ल्याएको ‘हेल्थकेयर बिल’ राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले निश्क्रिय बनाउने योजना बनाएपछि ओबामाले विधेयकको पक्षमा लड्न पार्टीका नेतासँग आग्रह गरेका हुन् । ओबामा केयर अन्तर्गतको स्वास्थ्य विधेयकलाई जोगाउनका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउनु पर्नेमा उनले जोड दिएका छन् । 
रिपब्लिकन पार्टीका नेताले ओबामा केयरलाई निश्क्रिय पार्ने बताउँदै आएका छन् । ओबामा केयर अन्तर्गत स्वास्थ्य सेवा विस्तार गरिएको छ र यसबाट दुई करोड अमेरिकी लाभान्वित भएको अनुमान छ । उपराष्ट्रपतिमा निर्वाचित मिक पेन्सीले आफ्नो पार्टीले ओबामा केयरलाई प्रतिस्थापन गर्न सक्ने बताएका छन् । उनले यस्तो बताएपछि क्यापिटल हिलमा भएको कार्यक्रममा राष्ट्रपति ओबामाले विधेयकको पक्षमा लाग्न र बलियो भएर सिनेट तथा कांग्रेसमा प्रस्तुत हुन डेमोक्याटिक पार्टीका नेतासँग आग्रह गरेका हुन् । 

Last modified on 2017-07-06 12:48:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts