घिउसिमी खानुको फाइदा जसले राख्छ रोगबाट टाढा



Download our app to get more features

घिउसिमीको प्रयोग सामान्यतया तरकारी बनाउन, सलाद बनाउन र अन्य परिकारमा राख्नका लागि गरिन्छ । यसमा फाइबर, क्याल्शियम, फस्फोरस, सोडियम, फोलेट्स, फोटो न्यूट्रिएन्ट्स, भिटामिन र अन्य पोषक तत्वहरु पनि पाइन्छ ।

घिउसिमीमा कपर, पोटाशियम, भिटामिन बी–६, थाइमिन, म्याग्नेशियम, जिन्क, सेलेनियम र भिटामिन ‘के’ पनि राम्रो मात्रामा पाइन्छ । हप्तामा दुई दिन मात्रै भएपनि घिउसिमी खानाले शरीरलाई आवश्यक परेको पोषण प्राप्त हुन्छ ।

घिउसिमी खानाले छाला कोमल, मुलायम र कसिलो बनाई राख्छ ।

घिउसिमी खानुको फाइदा ः

१. घिउसिमीमा फाइबर भरपूर मात्रामा पाइन्छ । फाइबर छालाको राम्रो हुन्छ साथै यसले पाचन पक्रियालाई पनि बलियो बनाउने काम गर्छ । यदी तपाईलाई कब्जियतको समस्याले सताएको छ भने दैनिक घिउसिमी खानु राम्रो हुन्छ ।

२. घिउसिमीमा फाइटो–न्यूट्रिएन्ट्स पाइन्छ, जसले स्तन क्यान्सरबाट बचाउँछ । यसका साथै घिउसिमीले कोलेस्ट्रोलको मात्रालाई पनि कम गर्नमा मद्दत गर्छ ।

३. घिउसिमीमा आइरन, कपर र म्याग्नीज जस्ता मिनरल्स पनि पाइन्छ । जसले रगत उत्पादनमा सहयोग पु¥याउँछ । यसमा पाइने पोटाशियम पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । 

४. घिउसिमी प्रोटीनको एक राम्रो स्रोत हो । घिउसिमी खानाले भोक लाग्ने समस्या कम हुन्छ र शक्तिलाई पनि बनाई राख्छ ।

५. गर्भावस्थामा घिउसिमी खानु धेरै नै फाइदाजनक हुन्छ । यसमा पाइने तत्वले आमाको साथै बच्चाको विकासको लागि पनि राम्रो हुन्छ ।

 

(एजेन्सीको सहयोगमा) 
 

Last modified on 2017-07-06 12:50:22

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts