गर्मीमा आँखालाई स्वस्थ राख्न अपनाउनुस यि उपाय !
प्रेमको प्रतिक गुलाबको सौन्दर्यता र महत्व कतिको छ हाम्रो जीवनमा त्यो हामी सबैलाई थाहा भएको कुरा हो । तर, के तपाइलाई थाहा छ गुलाबको फूल एक अचुक औषधि पनि हो ।
गुलाबको प्रयोगले अनुहार र छाला सम्बन्धीत समस्यालाई समाधान हुन्छ । गुलाबको फूलको पातको प्रयोगले अनुहारमा निखार ल्याउनमा बढी फाइदा पुग्छ ।
गुलाब जलको प्रयोग गरेर धेरै प्रकारका छाला सम्बन्धी समस्या हटाउन सकिन्छ । यस बाहेक गुलाफको बिउबाट निकालिने तेललाई सेन्ट (इत्तर) बनाउन सकिन्छ ।
गुलाफ औषधि कसरी ?
१. आँखालाई स्वस्थ राख्छ
गुलाब जलको प्रयोगले आँखाको थकान र चिलाउने समस्या समाधान हुन्छ । साथै यसको प्रयोगले आँखा सफा हुने र चमक्लिो हुन्छ ।
२. चोट लागेमा चाँडै निको हुन्छ
गुलाबमा एस्ट्रिजेन्टको गुण पाईन्छ । यसको तेलको प्रयोग गर्नाले घाउ र चोट चाँडै निको गर्नमा मद्दत गर्छ । यस वाहेक यदी घाउबाट धेरै रगत बगेको छ भने त्यसमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
३. छालाको लागि फाइदाजनक
गुलाब जलको प्रयोग टोनरको रुपमा पनि गरिन्छ । यसको नियमित प्रयोगले छाला कसिलो हुन्छ । साथै छालाको पीएच मात्रालाई पनि सन्तुलित बनाइ राख्छ, जसले गर्दा अनुहारमा चायाँ, डन्डिफोर आउँदैन ।
४. कपालको लागि गुणकारी
गुलाबको तेल कपालमा प्रयोग गर्नाले कपाल बढ्ने हुन्छ । गुलाबको तेल कपालको जडामो मसाज गर्नाले कपाल बलियो र घना हुन्छ ।
५. तनाव कम गर्नमा मद्दत
गुलाबको तेलको प्रयोग टाउको दुखेको बेला गर्न सकिन्छ । यसले टाउको दुखेको निको हुने र तनाव पनि कम गराउँछ । यदी तपाईलाई डिप्रेशनको समस्या छ भने गुलाबको तेल प्रयोग गर्न सक्नु हुन्छ, यसले तनावलाई पनि हटाउनमा मद्दत गर्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>