१८ वर्षपछि पेटमा छुटेको कैँची निकालियोे



Download our app to get more features

हनोइ (भियतनाम), २० पुस । शल्यक्रियाका क्रममा चिकित्सकको लापरवाहीका कारण १८ वर्ष अघि एकजनाको पेटमा छुटेको कैँची निकालिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार भियनतामका ५४ वर्षीय मा भान न्हाटको पेटबाट चिकित्सकले शल्यक्रिया गरी कैंची निकालेका हुन् । उनको पेटमा १८ वर्षअघि शल्यक्रियाकै क्रममा चिकित्सकले भूलवस कैंची छाडेका थिए ।

शल्यक्रियापछि उनको पेटबाट १५ सेन्टीमिटर लामो कैंची निकालिएको हो । त्यसअघि पेटमा कैंची रहे पनि उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताइएको छ ।

उत्तरी भियतनामको थाइ नुभेन प्रान्तका ती पुरुष हालै एउटा दुर्घटनाको शिकार भएका थिए । घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएका उनको अल्ट्रासाउन्ड गर्दा चिकित्सकले पेटमा कुनै धारिलो बस्तु रहेको पत्ता लगाएपछि शल्यक्रिया गरिएको थियो ।

स्थानीय संचारमाध्यमका अनुसार सन् १९९८ मा पहिलोपटक उनको शल्यक्रिया भएको थियो । उक्त कैंची त्यतिबेला नै चिकित्सकले भूलवस उनको पेटमै छाडेको बताइएको छ ।

भियतनामको स्वास्थ्य मन्त्रालयले सम्बन्धित अस्पताललाई एक साताभित्र ती व्यक्तिको पेटमा कैंची कसले छोडेको हो भन्नेबारे प्रतिवेदन पेश गर्न आदेश दिएको छ ।

(भियतनाम समाचार एजेन्सी)
 

Last modified on 2017-07-06 12:59:20

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts