स्वास्थ्यका ४ हजार कर्मचारी कडा आन्दोलनमा, माग पूरा नभए संयुक्त राजीनामा दिने
काठमाण्डौ, २० पुस । पदस्थापना अनुसारको जिम्मेवारीको माग गर्दै आन्दोलनरत स्वास्थ्य सेवाको छैटौं र सातौं तहका कर्मचारीले राजधानी केन्द्रित आन्दोलन थालेका छन् ।
स्वास्थ्य सेवा ऐनको ९(ख) विपरित मन्त्रालयले पदस्थापना भएअनुसारको जिम्मेवारी नदिएको भन्दै उनीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।
ऐन अनुसार पाँचौ तहको स्वास्थ्य सहायक (एच.ए) ले छैटौं र सातौं तहलाई नेतृत्व गरेको तर अधिकृत तहका छैटौं र सातौं तहका पदस्थापना गरेर पनि जिम्मेवारी नदिएको उनीहरुको गुनासो छ । मन्त्रालयले पाँचौं तहका हेल्थ असिस्टेन्टको मातहतमा स्वास्थ्य चौकी लगायत स्वास्थ्य संस्थामा सिअहेब लगायत छैटौं र सातौं तहका अधिकृतभन्दा कर्मचारीले काम गर्नुपर्ने गरी संरचना बनाएको छ । जुन स्वास्थ्य सेवा ऐनमा लेखिएभन्दा फरक हो ।
मन्त्रालयलाई पटक पटक आग्रह गर्दापनि आफ्नो माग सुनुवाई नभएको भन्दै स्वास्थ्य मन्त्रालय केन्द्रित आन्दोलन थालेको ९(ख) कार्यान्वयन संघर्ष समितिका संयोजक अनिल पाण्डेले हाम्रो डक्टरलाई बताए । ‘देशभरबाट ४ हजार स्वास्थ्यकर्मी राजधानी आउँदैछन् यो पटकपनि माग पूरा नभए संयुक्त राजीनामा दिनेसम्मको कार्यक्रम गर्छौं ।’ उनले भने ।
सहायकको नेतृत्वमा काम गर्न नसकिने भन्दै आक्राशित भएकाहरुले आज स्वास्थ्य मन्त्रालयमा धर्ना आयोजना गरेका छन् ।
उनीहरुको मागका सम्बन्धमा स्वास्थ्य मन्त्री गगन थापाले भोलि वार्ताका लागि समय दिएका छन् । देशभर स्वास्थ्य सेवाको छैटौं र सातौं तहमा ४ हजारभन्दा स्वास्थ्यकर्मी छन् । स्वास्थ्य चौकी छाडेर अहेब, सिअहेव लगायत आन्दोलनमा होमिएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ । मन्त्रालयले उनीहरुसँग वार्ता गरी समस्या समाधान गर्ने बताउँदै आएको छ ।
7 Comments
-
Rajinama diyani Farak pardain Kinaki Nepal ma Berojgar ko kunai Kami xain....#Chetana Vaya.....
-
सरकार ले स्वास्थ्य सेवा मा तह गत प्रणाली लागू गर्नु पर्छ!
-
k H.A haru 6th ra 7th level ma pugdain na ra .uheli po darbandi na khulayer thula bhaye ko hamro A.HW sathi haru
-
एउटा खरीदार र नासु साखा अधिकृत देखि सचीव सम्म बन्ने तर खरिदार हामी स्वाक चाही ऊही पद बाटै अबकास पाऊने यो राज्यको बिभेद र घोर अन्यायहो ।
-
स्वास्थ्य सेवा ऐन र नियमावलीमा भएका अपुर्णताहरुले गर्दा ख़ास अवधी(२०५४-६८)मा स्वास्थ्यकर्मीहरु लाई ब्रित्तीबिकास र पदोन्नतीमा बाधा पुग्यो, नयां पीडीहरुकालागि ऐन नियम संसोधन गरी राम्रै ब्यबस्थाहरु गरिएका भएपनि बिगतका पिरमर्कालाई सुधार गरी अवसर बाड्ने कामहरु हुन सकेनन्। कानुनी अस्पस्टता, द्वैध ब्यवस्था र अब्यबहारिक नियमका परीणाम बिभीन्न जिल्लाका स्वास्थ्य संस्थामा कर्मचारीहरु मनमुटाव र अराजक अवस्था देखिन थालेकाछन्। यो समस्याको निकाय निकाल्न सरकारले अझै कन्जुसाई गर्दैछ, जब कि यसका लागि अतिरिक्त आर्थिक भार नै पर्दैन। किन उचित निकास खोजिदैछैन! अचम्म लाग्छ!
-
भोलि को बार्ता सफल होस सुभकामना
-
5th ko under ma kam Garne you ramro vaya
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।