केक र बिस्कुट खानु हुन्छ भने यि समस्याले सताउँला



Download our app to get more features

केक, चकलेट, बिस्कुट नखाइ बस्न गाह्रो छ र अफिसमा पनि तपाई काम गर्ने समय बीच–बीचमा यि सब खानु हुन्छ भने सावधान हुनुस् । किनकि यसले खतरनाक रोगलाई निम्तो दिदैँछ ।

तपाई यदी स्वस्थ जीवन जिउन चाहुनहुन्छ भने तपाइले आफ्नो यो बानीलाई बदल्नु पर्छ । हालै गरिएको एक अध्ययनमा अध्ययनकर्ताहरुले अफिसमा बिस्कुट र केक खानाले तपाईको दाँत विग्रन सक्छ र तपाई मोटोपनाको शिकार पनि बन्न सक्नु हुन्छ ।

यो अध्ययन रोयल कलेज अफ सर्जन्स अन्र्तगत फ्याकल्टी अफ डेंटल सर्जरीमा गरिएको छ । फ्याकल्टीका डीन प्रोफेसर निजेल हन्टले बताए अनुसार कार्यस्थलमा बर्थ डे, मानिसहरु कुनै शुभ दिन या कुनै विशेष अवसरमा र अन्य दिनलाई विशेष बनाउनका लागि केक , चकलेट, कुकीज खाने गर्छन् ।

कतिपय अफिसहरुमा यस्ता अवसरमा आफिसले नै केक काट्ने, चकलेट बाड्ने गरिन्छ । यो ट्रीटले तपाई खुशी भएपनि एक सत्य यो पनि हो की यस्ता ट्रीटले मोटोपना र नराम्रो बानीले दाँत र स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यस अवस्थामा यदी तपाई स्वस्थ रहन चाहनु हुन्छ भने तपाईले यस्ता बानीलाई बदल्नु पर्छ ।

कसरी कन्ट्रोल गर्ने  

♦ चिनीयुक्त कुनै पनि परिकार छ भने त्यसको सबैभन्दा सानो टुक्रा खाने 

♦ गुलियो परिकारको विकल्प छ भने त्यसको प्रयोग गर्ने

♦ गुलियो स्न्याकको परिकार नखानुस् । यदी तपाई सँग मिठाई छ भने त्यसलाई खाना खाने समय खानु राम्रो हुन्छ ।

♦ जब तपाईलाई गुलियो खाने मन छ भने पानी पिउने र कुल्ला गर्नुपर्छ ।


(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-06 13:04:42

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts