थप तीन जिल्ला पूर्ण खोपयुक्त घोषणा हुने



Download our app to get more features

काठमाडौँ, २० पुस । सरकारले थप तीन जिल्लालाई पूर्ण खोयपुक्त जिल्ला घोषणा गर्ने भएको छ । 

यही पुस २२, २३ र र २५ गते क्रमशः भोजपुर, काभ्रेपलाञ्चोक र लमजुङलाई खोपयुक्त जिल्ला घोषणा गर्न लागिएको स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिए । 

खोप शाखाका अनुसार हालसम्म ८७ प्रतिशत नेपाली खोपको पहुँचमा रहेका छन् भने १७ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएका छन् । पूर्ण खोपयुक्त जिल्ला हुनेमा कञ्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बझाङ, प्यूठान, गुल्मी, पाल्पा, नवलपरासी, अर्घाखाँची, म्याग्दी, तनहुँ, मुस्ताङ, दोलखा, धनकुटा, तेह्रथुम र इलाम रहेका छन् । 

नेपालमा विभिन्न खोपका लागि वार्षिक दुई अर्बरुपैयाँ खर्च हुने गरेको छ । जन्मेदेखि एक वर्षसम्मका साढे छ लाख बालबालिकाका लागि वार्षिकरुपमा उक्त रकम खर्च हुने बालस्वास्थ्य महाशाखाले जनाएको छ । रासस 
 

Last modified on 2017-07-06 13:07:25

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts