भेरी अञ्चल अस्पतालमा सशस्त्र द्वन्द्वका घाइतेको निशुल्क उपचार र मनोपरामर्श सेवा सुरु (भिडियो सहित)
नेपालगन्ज, पुस १९ । नेपालगन्जको भेरी अञ्चल अस्पतालले दशवर्षे सशस्त्र द्वन्द्वका घाईतेहरुको निशुल्क उपचार र मनोपरामर्श सेवा सुरु गरेको छ ।मध्य तथा सुदुरपश्चिमाञ्चल क्षेत्रमा रहेका सशस्त्र द्वन्द्वका बेलाका घाईते तथा अपांग व्यक्तिहरुलाई लक्षित गरी हाडजोर्नी रोगको उपचार तथा मनोविमर्श सेवा सुरु गरिएको हो ।
शान्ति कोषको साढे ७ करोड रुपैया“ आर्थिक सहयोगमा नेपालगन्जको भेरी अंचल अस्पतालमा ससस्त्र द्वन्द्वको समयका करिब २ हजार घाइतेको उपचार तथा २ सय ५० जनाको अपरेशन गरेर उनीहरुको जीवनलाई सहज बनाउने लक्ष्यका साथ उपचार तथा मनोपरामर्श सेवा सुरु गरिएको हो । सशस्त्र द्वन्द्वका घाईतेहरुको उपचारलाई थप प्रभावकारी बनाई उनीहरुको जीवनलाई सहज बनाउन सघाउने उद्देश्यले सहजीकरण गर्दै स्वस्थ र सहज जीवनयापन सघाउने उपचार तथा मनोविमर्श सेवा उपलब्ध गराइन लागेको हो ।
भेरी अञ्चल अस्पतालमा २५ शैयाको व्यवस्था गरेर हाडजोर्नी रोग, ढाड, नशामा अंगभंग भई अपाङ्ग भएका, द्वन्द्वकालिन घटनाका कारण मानसिक समस्या खेप्दै आएका द्वन्द्व पीडितलाई निःशुल्क उपचार व्यवस्था मिलाइएको भेरी अञ्चल अस्पतालका अर्थाेपेडिक सर्जन डा प्रकाश थापाले बताए ।
भिडियो हेर्नुस्
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>