सिभिल अस्पतालको निर्देशकमा डा. दीर्घराज आरसी

What's This?


Download our app to get more features

काठमाण्डौ, १९ पुष । नेपाल सरकार निजामती कर्मचारी (सिभिल) अस्पतालको कार्यकारी निर्देशकमा डा दीर्घराज आरसी नियुक्त भएका छन्। 

सरकारका मुख्य सचिवको अध्यक्षतामा रहेको अस्पताल विकास बोर्डले डा. आरसीलाई सोमबार नियुक्त गरेको हो। उनको कार्यकाल चार वर्षको हुनेछ । यसअघिका निर्देशक डा. विमल थापाको चारवर्षे कार्यकाल सकिएसँगै डा आरसी नियुक्त भएका हुन् । यसअघि उनी वीर अस्पतालको निर्देशक पनि भैसकेका थिए । 

सामान्य प्रशासन मन्त्रालयले  मंसिरको तेश्रो साता निर्देशक बन्न चाहनेले कार्ययोजना सहित निवेदन पेश गर्न भन्दै विज्ञापन आवहान गरेको थियो । नवनियुक्त निर्देशक डा. आरसी अर्थोपेडिक सर्जन (हाडजोर्नी शल्यचिकित्सक) हुन् । 

Last modified on 2017-07-06 13:11:53

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts