दम भएकाले जाडोयाममा के गर्ने ? डा. लक्ष्मी आवाका ७ सुझाव



Download our app to get more features

तिबेला देशैभर चिसो ह्वात्तै बढेको छ । तराइका जिल्लामा त शीतलहर नै चलेको छ भने हिमाली र उच्च पहाडी जिल्लामा हिउँ पर्न सुरु गरिसकेको छ । यस्तो अवस्थामा चिसोले सबैलाई अफ्ट्यारो पारेको छ । चिसो मौसममा विशेष गरि बालबालिका, वृद्धवृद्धा र बिरामीलाई धेरै असर गर्छ । 

जाडो मौसम श्वासप्रश्वासका दीर्घ रोगीलाई त झनै हानीकारक छ । दम, सिओपिडी लगात श्वासप्रश्वासको रोग भएकाहरुले चिसोवाट बच्न विशेष ध्यान दिन जरुरी हुन्छ । यस्तो मौसममा दम तथा श्वासप्रश्वासका बिरामीले न्यानो भएर बस्नुको साथै खानपानमा पनि ध्यान दिनु पर्छ । जाडौ मौसममा पौष्टिक आहारको पनि उत्तिकै जरुरी हुन्छ । 

दम तथा श्वासप्रश्वासका बिरामीले जाडो मैसममा ध्यान दिनु पर्ने कुराहरु :
चिसोमा सकेसम्म बाहिर ननिस्कनेः जाडो मौसममा बिहान बेलुका धेरै चिसो हुने हुँदा यो समयमा बाहिर ननिस्कनु नै राम्रो हुन्छ । यदि विशेष कामले निस्कनै परेमा न्यानो कपडा लगाउनुको साथै शरीर ढाक्ने गरी टोपी, जुत्ता, मोजा लगाएर मात्र निस्कनु पर्छ । 

न्यानोमा बस्नेः जाडो मौसममा न्यानो कपडा लगाउनुको साथै कोठालाई पनि न्यानो पारेर राख्नु पर्छ । जसका लागि हिटरहरुको प्रयोग गर्ने । 

शरीर ढाक्ने कपडा लगाउनेः घर बाहिर निस्कदा मात्र होइन घर भित्र बस्दा पनि पुरै शरीर ढाक्ने गरी कपडा लगाउनु पर्छ । कानबाट शरीरमा धेरै छिटो चिसो छिर्ने हुदा टोपी लगाएर बस्ने, घर भित्र बस्दा पनि बाक्लो मोजाको प्रयोग गर्नु पर्छ । 

झोलीलो खाने कुराः जाडो मौसममा विशेषगरी । तातो झोलीलो कुराहरु खानु पर्छ । जाडो मौसममा पानी कम खाने हुदा यसले शरीरमा पानीको मात्रा लाई पूर्ति गर्छ । त्यसैले झोलीलो कुराहरुमा जोड दिनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । 

पौष्टिक आहारः दम तथा श्वासप्रश्वासका बिरामीका लागि पौष्टिक आहारको आवश्यकता पर्छ । यस्ता बिरामीलाई चिसोबाट बचाउने, झोलिलो कुरा खान दिनुको साथै कार्वोहाइटे«ड र प्रोटिनको पनि अत्यावश्यक हुन्छ । त्यसैले यस्ता बिरामीको लागि पौष्टिक आहारमा पनि ध्यान दिनुपर्छ । 

आगो ताप्दा ध्यान दिनेः जाडोमा विशेषगरी आगो ताप्ने चलन छ । न्यानो पारी राख्नको लागि पनि यो आवश्यक रहन्छ तर, आगो ताप्दा धेरै कुरामा ध्यान दिनु पर्छ । आगो ताप्दा कार्वनडाइअक्साइड निस्कने हुदा श्वासप्रश्वासका बिरामीलाई फाइदा भन्दा बेफाइदा धेरै रहन्छ । त्यसैले आगो ताप्दा भेन्टिलेस भएको स्थानमा मात्र ताप्नु पर्छ । आगे ताप्नु भन्दा हिटरको प्रयोग गर्दा राम्रो हुन्छ । 

घाम ताप्नेः श्वासप्रश्वासका बिरामीलाई चिसोबाट बचाउन घाम ताप्नु धेरै राम्रो मानिन्छ । घाम ताप्दा पनि न्यानो कपडा लगाउनुको साथै हावा चलेको समयमा भने बस्नु हुदैन । चिसो हावाले दमका रोगीलाई थप असर गर्न सक्छ । 

Last modified on 2017-07-06 13:35:48

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts