म्याग्दीमा बृहत स्वास्थ्य शिविर, तीनहजारले निशुल्क सेवा पाए



Download our app to get more features

बाबियाचौर (म्याग्दी), १९ पुस । म्याग्दीको दुर्गम क्षेत्रमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीनहजार जनाभन्दा बढी लाभान्वित भएका छन् । 

म्याग्दी सामुदायिक विकास परियोजना लागू भएका गुर्जा, लुलाङ, मुना, मुदी र मराङ गाविसमा चार दिनसम्म सञ्चालन भएको शिविरबाट तीन हजार २०० जनाले गाउँमै स्वास्थ्य सेवा पाएका हुन् । गुड नेवर्स इन्टरनेसनलको आर्थिक र जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा कालीगण्डकी सामुदायिक विकास मञ्चको आयोजनामा पुस १४ गते गुर्जा र मुदीबाट सुरु भएको शिविर सोमबार सकिएको हो । 

शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सेवा दिइएको मन्च, म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार रु तीन लाख ८५ हजार मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको छ । जिल्ला अस्पतालका चिकित्सक बिबेक पौडेल र शिशिर अधिकारीको नेतृत्वमा रहेको १३ जना स्वास्थ्यकर्मीको दुईवटा टोलीले सात ठाउँमा शिविर सञ्चालन गरेको थियो । गुर्जा, लुलाङ, मुना, फलीयागाउँ, मुदी, खिवाङ, मराङ र आरवाङमा एकएक दिन शिविर सञ्चालन गरिएको थियो । 

छाला, आँखा, कान र श्वासप्र्रस्वाससम्बन्धी समस्या भएका बिरामी बढी आएका शिविरमा सहभागी स्वास्थ्यकर्मीले बताएका छन् । विशेष गरेर आँखासम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन भएको हो । भौगोलिक विकटता, आर्थिक अभावलगायतका कारणले सदरमुकाम र जिल्ला बाहिरका अस्पतालमा पुगेर स्वास्थ्य सेवा लिन नसकेका सर्वसाधारणको सुविधाका लागि शिविर सञ्चालन गरिएको कदमका अध्यक्ष पौडेलले बताए । रासस 

Last modified on 2017-07-06 13:39:59

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts