बालबालिकाको हर्मोन जाँच्न निःशुल्क स्वास्थ्य शिविर हुदैं

What's This?


Download our app to get more features

ललितपुर १८, पुस । ललितपुर जावलाखेलस्थित काठमाण्डौं डाइविटिज एण्ड थाइराइड सेन्टरले १६ वर्ष मुनिका बालबालिकाहरुमा हुने हर्माेन रोगको निशुल्क पहिचान गर्ने भएको छ । सेन्टरले बालबालिकालाई लक्षित गरि मंगलबारदेखि तीन दिन हर्माेन रोगसम्बन्धी निशुल्क स्वास्थ्य शिबिरको आयोजना गर्न लागेको हो ।

शरीरमा हर्मोनको गडवढीवाट हुने समस्याहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गर्न लागिएको मधुमेह तथा थाइराइड रोग बिशेषज्ञ डा. अंशुमाली जोशीले जानकारी दिए । परीक्षणबाट हर्मोनको गढबडीले बालबालिकाहरुमा देखिने समस्याहको पहिचान हुनेछ । हार्मोनको कमीले बालबालिकामा मधुमेह, थाइराइड रोग, महिनावारी नहुने शरीरको उचाइ नवढी पुड्को हुने वा धेरै अग्लो हुने लिङ्ग वा अण्डकोष सानो हुने यौवन अवस्था चाँडो देखिने पिसाव धेरै लाग्ने लिङ्ग निर्धारण गर्न धेरै गाह्रो हुने जस्ता समस्या भेटिन्छन् । यस्तै भिटामिन डि को कमी, शरीरमा मोटोपन वढ्ने हड्डी वारम्वार टुट्ने, हड्डी वाङ्गिने, हड्डी सुनिन्ने वा हड्डी खिइने कारणवाट पर्ने जाने असरको समय मै पहिचान गरी निदान गर्नका लागि सम्बन्धित विरामीलाई शिबिर फलदायी हुने चिकित्सकको भनाई छ । निःशुल्क शिविर यही पौष १९,२० र २१ गते बिहान १०ः०० वजे देखि २ः०० वजे सम्म संचालन हुने जानकारी काठमाण्डौं डाइविटिज एण्ड थाइराइड सेन्टर निर्देशक डा. अंशुमाली जोशीले जानकारी दिए ।
 

Last modified on 2017-07-06 13:57:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts