पाँच महिनामै बाँकेका एक दर्जन सुत्केरी आमाको मृत्यु, 'आमा बचाउ अभियान' सुरु
बाँके, १७ पुस । बाँकेमा पाँच महिनायता एक दर्जन सुत्केरी आमाको मृत्यु भएपछि आमा बचाउ अभियान सञ्चालन गरिने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय र सहयोगी संघ-संस्था लागिपरेपनि सुत्केरी आमाको मृत्युदर घटाउन नसकिएपछि स्वास्थ्यसँग सम्बद्ध सबै नेटवर्कमार्फत प्रभावकारी पहलकदमी लिने तयारी गरिएको हो । लैंगिक विभेदयुक्त सोंचका कारण मुख्य गरी मुस्लिम, मधेशी र दलित समुदायमा सुत्केरी आमाको मृत्युदर बढी पाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खड्काले मधेशी, मुस्लिम र दलित समुदायका सुत्केरी आमाको मृत्युदर उच्च रहेको बताए । जनस्वास्थ्य प्रमुख खड्काले भने, ‘सुत्केरी आमाको मृत्यु भएका अधिकांश घटनामा कुनै न कुनै प्रकारको लैंगिक विभेद कारण देखिएको छ । निश्चित समूदायमा यस्तो समस्या झनै बढी छ । त्यसैले फरक समुदायमा फरक रणनीति अनुसार आमा सुरक्षा कार्यक्रम अगाडि बढाएका छौं ।
साउन यता बाँकेका १२ सुत्केरी आमाले ज्यान गुमाईसकेका छन् । त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा विभिन्न जिल्लाबाट आएका सुत्केरी आमाको मृत्यु भइरहेकै छ । सुत्केरी आमा र गर्भको बच्चाको अवस्था अत्यन्तै जटिल भईसकेपछि अस्पताल पुग्नेहरुलाई लक्षित गरी मेडिकल कलेज कोहलपुरमा हटलाईन नम्बर (०८१– ५४१३६८) को व्ययवस्था गरिएको छ । बिभिन्न जिल्लाहरुबाट रेफर गर्न सजिलोहोस् तथा अन्तिम समयमा आइपुग्नेहरु नअल्मिलिउन् र तुरुन्तै उपचार पाउन् भन्ने उद्देश्यले हटलाईनको व्यवस्था गरिएको छ ।
यसैगरी महिला स्वास्थ्य स्वयम सेविका, आमा समूह तथा अन्य स्वास्थ्य संस्थाहरुसँगको समन्वयमा गर्भवती आमाहरुको स्वास्थ्य अवस्था बुझ्ने काम पनि तीब्र पारिएको छ । आवश्यक समयमा स्वास्थ्य परीक्षण गराउन नआउने आमाहरुको बारेमा बुझेर तत्कालै उनीहरुलाई परीक्षण तथा उपचारको व्यवस्था गरिएको छ । मुस्लिम, मधेशी र दलित समुदायका गर्भवती महिलाहरुमा पोषणको समस्या चिन्ताजनक रहेको खड्काको भनाई छ । यि समुदायका गर्भवती र सुत्केरी महिलाको हेरचाहमा परिवारबाट लापरवाही हुँदै आएको पाईन्छ । ‘यि समुदायका गर्भवती र सुत्केरीलाई लक्षित गरी संस्थागत क्लिनिकहरुमा निशुल्क भिडियो एक्सरेको व्यवस्था गरिएको छ । तर रुढीवादी सोंचका कारण सबैसम्म यसको पहुँच हुन सकेको छैन ।’ सुत्केरी महिलाप्रति गरिएको वेवास्ताको उदाहरण दिंदै जनस्वास्थ्य प्रमुख खड्काले अगाडि भने, ‘केही समयअघि होलियमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको लामो समयसम्म पनि घरपरिवार वेखवर झैं भएको पाईयो । पछि ५ बर्षको बच्चा रोईकराई गरेपछि मात्र त्यसबारे घरपरिवार र गाउँलेहरुले थाहा पाए ।’
अघिल्लो आर्थिक बर्षमा बाँकेका १४ जना सुत्केरी आमाले ज्यान गुमाएका थिए । सुत्केरी आमाको अहिलेको मृत्युदर नियन्त्रण गर्न नसकिए यो बर्ष अघिल्लो बर्षभन्दा दोब्बर सुत्केरी आमाको मृत्यु हुने देखिन्छ ।
2 Comments
-
Its very good initiation. Welcome !
-
कतिपय अबस्थामा रेफर गर्दा पनि पारिवारीक असहयाेग बाचे पनि मरे पनी हामी यता बाट अर्काे ठाउमा लिएर जान सक्दंनाै भन्ने एकातिर हुन्छ भने अर्काे तिर प्राइभेट मेडिकल बाट अदक्ष कर्मचारीबाट गरिने डेलिभरी प्राक्टिस हाे भने अर्काे तिर स्वास्थ्य सस्थामा समयमा नअाउनु र सस्थाबाट रेफर गरेपनी समयमा सम्बन्धित ठाउसम्म पुग्न नसक्दा अामाहरुकाे मृत्यु भैरहेकाे छ । यस अाब मा राेल्पा जिल्लामा १ जना अामाकाे मृत्यु भएकाे छ भने still birth काे number बढदाे छ ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।