तनाव बन्न सक्छ पेट दुख्ने कारण



Download our app to get more features

तनावले तपाइलाई मानसिक रुपमा समस्या मात्र दिदैँन, यसले तपाईको शरीरलाई पनि प्रभावित गर्छ । तनावले विशेषगरी हाम्रो पेटलाई प्रभावित गर्छ ।

तपाईले ध्यान दिनुभएको छ, जब तपाइ उदास रहनुहुन्छ, त्यतिबेला तपाइलाई भोक कम अथवा चाहिएको भन्दा बढी लाग्छ । परीक्षाभन्दा पहिले झाडापखाला हुने या पेट दुख्न थाल्छ । यस्ता धेरै घटनाहरु छन्, जसले हाम्रो मनको स्थिति र पेटको स्वास्थ्य सँग सम्बन्धीत भएको बताउँछ ।

अब यो कुरालाई ब्रिटेनका एक डक्टर रोजर ह्यान्डरसनले प्रमाणित गरेका छन् । ब्रिटिश विशेषज्ञहरुका अनुसार पेटमा हुने दुखाई र अन्य समस्याहरु ७० प्रतिशत अवस्थामा ं तनावलाई मुख्य कारक मानिएको छ ।

तनावका कारण पेटमा एसिड अत्यधिक बन्न थाल्छ । जसले गर्दा समस्या सुरु हुन्छ । तनावका कारण पेट दुख्ने, हात खुट्टा सुन्निने, ग्यास्ट्रिक हुने र झाडापखाला लाग्ने जस्ता समस्या हुन सक्छ ।
मानिसको इन्स्टाइन, तनाव र भावनाको प्रति सम्वेदनशील हुन्छ । त्यसैले तनाव भएपछि त्यसको प्रत्यक्ष प्रभाव हाम्रो पेटको स्वास्थ्यमा पर्न जान्छ । 

तनावबाट राहत पाउनका लागि अपनाउनुस् यि उपाय ः

१. तनावका कारण पेट दुख्ने हुँदा तुलसी हालेर चिया पिउनु राम्रो हुन्छ । यसले तपाईको  तनाव कम गर्छ र पेट दुखेको पनि ठिक हुन्छ । 

२. स्याउलाई भिनेगरमा राखेर जूस बनाएर पिउनाले तनावमा राहत हुन्छ । भिनेगरका कारण जूस नमिठो भएमा त्यसमा मह मिसाएर पिउँदा हुन्छ । 

३. प्रशस्त मात्रामा पानी पिउने र आराम गर्नुपर्छ । 

४.पुदीनाको पातलाई पानीमा उमालेर पिउनु पर्छ । यसले एसिडिटीमा राहत हुन्छ । 

 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-06 14:38:51

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts