नेपाली मूलकी महिलाको पेटमा एक फिट लामो बेलौना ! सफल शल्यक्रिया



Download our app to get more features

उत्तराखण्ड (भारत), १७ पुस । भारतको उत्तराखण्डको हल्द्वानी स्थित सरकारी मेडिकल कलेजका चिकित्सहरुले अपरेशन गरेर एक महिलाको पेटबाट ३० सेन्टीमीटर (एक फीट) लामो रोटी बनाउने बेलौना निकालेका छन् । 

अप्रेशन पश्चात महिला अहिले जीवन र मृत्युसँग जुझिरहेकी छिन् । उक्त घटना यौन हिंसाको कारण भएको बताइएको छ । साथै कसैको पेटबाट एक फीट लामो बेलौना निकालेको सम्भवतः यो पहिलो घटना भएको जनाइएको छ ।

नैनीताल जिल्लामा हल्द्वानी स्थित सुशीला तिवारी मेडिकल कलेजमा अस्पतालका सर्जरी विभाग प्रमुख डाक्टर के. एस. शाहीले महिलाको पहिचान गोप्य राख्दै भने नेपाली मूल की महिला सँग यौन हमलाको घटना हो । घटना शंकास्पद भएको कारण प्रहरीलाई खबर गरिएको उनले बताए ।

डा.शाहीले भने, ‘तीन दिन पहिले ४० वर्षीय महिलालाई पेट दुखेकाले अस्पतालमा भर्ना गरिएको थियो, तर एक्स–रे र अल्ट्रासाउन्ड रिपोर्टका अनुसार, ठूलो आन्द्रामा ग्यास भरिएको थियो, जसकारण महिलाको पेट खोलियो त्यसपछि चिकित्सकहरुको टोली नै अचम्ममा परे । महिलाको पेटमा एक फीट लामो बेलौना थियो ।’
 

Last modified on 2017-07-06 14:39:42

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts